Trending :
 

सिरियामा हवाई आक्रमणमा ३६ जना मारिए

बिहीबार मारिएकामध्ये दश बालबालिका र सात महिला

माघ २६,२०७४

Life in Syria after strike

-


सिरियाको सरकारी पक्षका सुरक्षाकर्मीले बिहीबार गरेको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३६ पुगेको अनुगमनकर्ताहरूले बताएका छन् । 

युद्धक विमानले सिरियाली विद्रोही समूहलाई लक्षित गरी राजधानीदेखि पूर्वतर्फ गत चार दिनदेखि लगातार आक्रमण गरिरहेका छन् । 

‘सिरियन अब्जरभेटरी फर ह्युमन राईटस’ले कम्तिमा छ ठाउँमा हवाई आक्रमण भएको जानकारी दिएको छ । 

बिहीबार मारिएकामध्ये दश बालबालिका र सात महिला रहेका छन् । गत सोमबार देखि अहिले सम्म १८५ जना आम नागरिक मारिएको बेलायतमा कार्यालय रहेको उक्त मानव अधिकारवादी संस्थाका प्रमुख रामी अब्देल रहमानले बताउनुभयो ।