बैशाख ०१,२०७४
-
वैशाख १, २०७४ । प्रधानमन्त्री पुष्पकमल दाहालले ‘मेरो वर्ष : ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियानको शुभारम्भ गर्नुभयो । दशरथ रंगशालाबाट ‘मेरो वर्ष : ‘म स्वस्थ, मेरो देश स्वस्थ’ २०७४ राष्ट्रिय अभियान लेखिएको लोगो झन्डोत्तोलन गर्दै प्रधानमन्त्री दाहालले अभियानको शुभारम्भ गर्नुभएको हो ।
सरकारले आम नागरिकको स्वास्थ्य र सकारात्मक जीवनशैली सुधार्न भन्दै सरकारले १ वर्षे स्वास्थ्य अभियान आजबाट शुरु गरेको हो । रंगशालाबाट निस्केको र्याली वसन्तपुरमा पुगेर कार्यक्रममा परिणत भए पछि प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमकाबीच अभियानको शुभारम्भ भएको घोषणा गर्नु भएको हो
स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्य प्रणाली र सेवाको विकास गर्नु सरकारको दायित्व भएकाले यो अभियान सुरु गरिएको बताउनुभयो । सरकारसंगै जनतालाई पनि थप जिम्मेवार बनाउने अभियानको उद्धेश्य रहेको मन्त्री थापाले बताए ।
अभियान अन्तर्गत स्वस्थ जीवनशैलीका लागि हरेक नागरिकलाई पाँच प्रतिवद्धता गर्न आह्वान गरिएको छ । १. अभियानले चुरोट र सूर्तीजन्य पदार्थ, २. मदिरा सेवन नगर्न, ३. नियमित व्यायाम, ४ .स्वस्थ तथा पोषिलो खाना र ५. नियमित स्वास्थ्य परीक्षण रहेको छ ।
स्थानीय तहसम्म सञ्चालन गरिने अभियान अन्तर्गत वर्षभरि हुने कार्यक्रममा सरकारले सम्बन्धित क्षेत्र, विद्यालय, उद्योग, संघ संस्था लगायतसंग पनि सहकार्य गर्ने मन्त्रालयले भनेको छ ।
अझै पनि ग्रामिण भेगमा ७४ प्रतिशत घर–परिवारमा दाउरा, गुइँठा आदिको प्रयोग गर्दा निस्कने धुवाँ र सहरी क्षेत्रमा घर बाहिरको वायु प्रदुषणका कारणले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेको मन्त्रालयको तथ्याँकले देखाएको छ ।
प्रमुख समाचार