सेनेटरी प्याड तयारी कार्यक्रमका लागि सेञ्चुरी बैंकको आर्थिक सहयोग
-
फागुन २,२०७४ काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकले नेपाल प्राकृतिक तथा मानव श्रोत विकास संघ ९नहुदा० द्धारा संचालन ‘सुरक्षित, स्वस्थकर तथा पुन प्रयोग हुने घरेलु सेनेटरी प्याडको तयारी र उपयोग’ सम्बन्धी दुई दिने तालिममा रु. ५०,०००र( को आर्थिक सहयोग गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित तालिम महालक्ष्मी नगरपालिका, सिद्दिपुर, शान्ति मुल टोलमा माघ २९ गते देखि फागुन १ गते सम्म सञ्चालन गरिएको थियो ।
तालिममा सहभागीरुलाईले महिला स्वास्थबारे विभिन्न चेजनामुलक जानकारीहरु प्रदान गरिएको थियो । बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा नहुदाका संस्थापक अध्यक्ष डा. दिनेश राज शर्मा बीच चेक हस्तान्तरण गरिएको थियो ।
२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट बैंकिङ्ग कारोवार सुरु गरेको उक्त बैंकले हालसम्ममा ९४ वटा शाखा, ३८ वटा ए.टी.एम्, १४ वटा शाखारहित बैंकिङ्ग र ६ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहक वर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।