फुटबल
बैशाख ०३,२०७४
-
वैशाख ३ -
म्यानचेष्टर सिटीले प्रिमियर लिगमा शनिबार साउथह्याम्पटनलाई ३-० ले पराजित गर्दै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।
कप्तान भिन्सेन्ट कोम्पानी, लेरोय साने र सर्जियो अगुईरोले सिटिका लागि गोल गरेपछि सिटिले अन्तिम ४ मा बस्ने आफ्नो अभियानलाई आझ बलियो तुल्याएको छ।
घरेलु मैदान एतिहाड स्टिडयममा भएको खेलमा सिटीका लागि ५५औं मिनेटमा कोम्पनीले पहिलो गोल गरेको थिए। लेरोय सानेले ७७औं तथा सर्जियो अगुएरोले ८०औं मिनेटमा गोल गरेपछि सिटीले सहज जित हात पारेको हो।
जितपछि ३२ खेलबा६ ६४ अंक जोडेको सिटी लिभरपुललाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको हो।
लिभरपुलको समान खेलबाट ६२ अंक छ।
यता एभरटन बर्नीलेलाई ३-१ ले पराजित गर्दै पाँचौ स्थानमा उक्लेको छ ।
एभरटनका लागि फिल जगेइल्का र रोमेले लुकाकुले १-१ गोल गरे।
बर्नीलेका बेनमीले आत्मघाती गोल गर्दै एभरटनलाई उपहार स्वोरुप एक गोल दिए।
बर्नीलेका लागि साम भोक्सले पेनाल्टीमार्फत सान्त्वना गोल गरे ।
प्रमुख समाचार
सम्वन्धित समाचार