Trending :
 

क्रिकेट

रुपन्देही च्यालेन्जर्स ६१ रनले विजयी

डिपीएल

बैशाख ०३,२०७४

-

धनगडी, वैशाख ३ -

धनगडी प्रिमिएर लिग अन्तर्गत आज भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले विराटनगर किंगसलाई ६१ रनले हराउदै चौथो जित हासिल गर्न सफल भएको छ ।

टस जितेर पहिले ब्याटिंग रोजेको रुपन्देहीले निर्धारित २० ओवरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो ।

१३३ रन्को लक्ष्य पाएको विराटनगरले १८.१ ओवरमा सबै विकेट गुमाउदै केवल ७१ रनमा सिमित हुन् पुग्यो ।

शक्ति गौतमको नेत्रित्व रहेको रुपन्देहीको जितमा अन्तिम थापाले सर्वाधिक ४५ रन बनाए ।

कृष्ण कार्कीले २२ तथा पुष्प थापाले १७ रन जोडे ।

यस्तै बलिंग तर्फ साहब आलमले सर्वाधिक ४ विकेट, दिपेश श्रेष्ठ र कृष्ण कार्कीले ३-३ विकेट लिए ।

खराब प्रदर्शन गरेको विराटनगरका लागि सरद भेस्वाकरले सर्वाधिक ३४ रन जोडेका थिए ।

अतरिया र कंचनपुर आईकोनिक बिरुद्धको दोस्रो खेल अहिले सुरु हुदैंछ ।

टस जितेर कंचनपुर आईकोनिकले पहिले ब्याटिंग रोजेको छ  ।