बैशाख ०३,२०७४
-
काठमाडौँ –
नयाँ वर्षको पहिलो दिनको आवसर परि ३ नेपाली फिलम सार्वजनिक भएका थिए ।
२०७४ को फ्राइडे रिलजसँगै नयाँ वर्ष २०७४ को वैशाख १ गतेको अवसरमा दीपेन्द्र लामा निर्देशित ‘घामपानी’, दीपेन्द्र के खनाल निर्देशित ‘लभ लभ लभ’ र जगदिश्वर थापा निर्देशित ‘राधे’ एकै साथ प्रदर्शनमा आएका हुन् ।
घामपानी
दीपेन्द्र लामाद्वारा निर्देशित फिल्म 'घामपानी' मा फुर्वा तामाङको रुपमा दयाहाङ राई र तारा शर्माका रुपमा केकी अधिकारीले प्रमुख भूमिका निभाएका छन् ।
अन्तरजातीय प्रेमले निम्त्याउने विभिद अवस्था देखाईएको उक्त फिल्मलाई धेरै दर्शकहरुले मन पराएका छन् ।
प्रेममा जातीय भेदभावको द्वन्द्व रहेको फिल्म 'घामपानी' मल्टिप्लेक्स र सिंगल स्क्रिन दुवैमा लागेको छ।
लभ लभ लभ
फिल्म ‘लभ लभ लभ’मा भने स्वस्तीमा खड्का, सुरज पाण्डे, रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राना, आयन खड्कालगायतको अभिनय रहेको छ।
शर्मिला पाण्डे निर्मित फिल्ममा सरल प्रेम कथा देखाइएको छ।
बाल्यकालका साथी सुरज (सुरज पाण्डे) र समृद्धि (स्वस्तिमा खड्का) को प्रेम र त्यागको कथा हो, लभ लभ लभ ।
फिल्मले सिंगल स्क्रिन तथा मल्टिप्लेक्स दुबैमा शो पाएको छ।
राधे
सुशील पोखरेलको निर्माण र निर्देशक थापाको कथा रहेको 'राधे' मा प्रियंका कार्की, अशिष्मा नकर्मीको अभिनय रहेको छ।
फिल्म 'राधे'मा बेपत्ता पात्रको कथालाई प्राथमिकता दिएको छ ।
एक्सन प्रधान 'राधे' फिल्म सिंगल स्क्रिनमा मात्र रिलिज भएको छ ।
प्रमुख समाचार