बैशाख ०३,२०७४
-
स्वास्थ्यमन्त्री गगन थापाले नयाँ वर्षदेखि सरकारी अस्पतालमा मृर्गौला प्रत्यारोपण नि:शुल्क गर्ने घोषणा गरे अनुसार केन्द्रमा आईतबार पोखराका ३० वर्षीय दिपक गुरुङ्ग र नाङ्गलेभारेका २६ वर्षीय लक्ष्मी ढकालको निशुल्क मृर्गौला प्रत्यारोपण भएको कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले जानकारी गराएका छन् ।
मृर्गौला फेल भएका बिरामीले निशुल्क प्रत्यारोपणका लागि अस्पतालको समितिमा निवेदन दिनुपर्नेछ । मृर्गौला प्रत्यारोपण निशुल्क भएपछि आर्थिक स्थिति कमजोर भएकाहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
मोटोपनाले गर्दा हाल नेपालीमा मृर्गौला फेल हुने जोखिम सात गुणा सम्म बढेको डा. श्रेष्ठले जानकारी दिए ।
प्रमुख समाचार