Trending :
 

शीर्ष स्थानमा रहेको चेल्सी म्यानचेष्टर युनाइटेडसँग २-० पराजित

बैशाख ०४,२०७४

-

वैशाख ४ -

प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीलाई आइतबार म्यानचेष्टर युनाइटेडले २-० ले पराजित गरेपछि उपाधिको होड खुला भएको छ ।

ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडलाई शानदार जित दिलाउन मार्कुस रासफोर्ड र आन्द्रे हरेराले १-१ गोल गरे ।

म्यानचेस्टरका लागि रासफोर्डले ७ मिनेटमा पहिलो गोल गरेका थिए ।

अर्को गोल हेरेराले ४९ मिनेटमा गरे ।

८ अंकले शीर्ष स्थानमा रहेको चेल्सी हिजोको हारसँगै दोस्रो स्थानमा रहेको टोटनहमसँग जम्मा ४ अंकको फरकमा रहेको छ ।

चेल्सी विरुद्धको जितपछि ३१ खेलबाट ६० अंक जोडेको युनाइटेड पाँचौ स्थानमा उक्लिएको छ भने शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ ।

उता रोबर्टो फिर्मिनोको एक मात्र निर्णायक गोल मद्दतमा वेष्टब्रुमलाई पराजित गरेको लिभरपुल म्यानचेस्टर सिटीलाई एक स्थान तल झार्दै तेस्रो स्थानमा उक्लिएको छ।

लिभरपुलले हिजो राती नै भएको अर्को खेलमा वेष्ट ब्रुमलाई १–० ले हरायो ।

लिभरपुलका लागि रोबेर्टो फिर्मिनोले ४५ मिनेट पछि थप गरिएको अतिरिक्त समयको १ मिनेट भित्र निर्णायक गोल गरेका थिए ।