Trending :
 

क्रिकेट

बेङ्लोरको चौथो हार

लिगको अन्तिम स्थानमा बेङ्लोर

बैशाख ०४,२०७४

-

वैशाख ४ -

आइपीएलमा हिजो भएको खेलमा भारतीय कप्तान विराट कोहलीको कप्तानी रहेको टिम रोयल च्यालेञ्जर्स बेङ्लोर अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथको टिम राइजिङ पूणे सुपरजाइन्ट्ससँग २७ रनले पराजित भएको छ ।

पूणेले विराट कोहलीको टिमलाई ९ विकेटको क्षतिमा १ सय ३४ रनमा खुम्च्याएको थियो ।

१ सय ६२ रनको लक्ष्य पाएको बेङ्लोरका लागि कप्तान विराट कोहलीले २८, एबि डीभिलियर्सले २९, केदार जाधवले १८ र सेन वाट्सनले १४ रन बनाएका थिए ।

खेलको अन्त्यतिर स्टुवर्ट बिन्नीले १ छक्का र २ चौकाको सहयोगले ८ बलमा १८ रन बनाउदै खेललाई तान्ने प्रयास गरे पनि उनी असफल भए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुनेले ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।

पुनेका लागि राहुल त्रिपाटीले सर्वाधिक ३१, अजिन्का रहानेले ३०, महेन्द्र सिंह धोनीद्ये २८ तथा कप्तान स्टिभ स्मिथ र मनोज तिवारीले समान २७ रन बनाए ।

बलिङमा एडम मिल्ने र श्रीनाथ अरविन्दले २-२ विकेट लिए ।

खेलको म्यान अफ दि म्याच बेन स्टोक्स घोषित भए ।

उनले ३ विकेट र उत्कृष्ट फिल्डिङ गरेको हुदा पुरस्कृत गरिएको थियो।

स्टोक्सले ४ ओभरमा १८ रन खर्चेका थिए ।

यो खेलको पराजयसँगै बेङलोर लिगको पुछारमा पुगेको छ ।

बेङ्लोरको ५ खेलमा यो लगातार चौथो पराजय हो ।