Trending :
 

तालिवानी विद्रोहीलाई वार्तामा आउन अफगानिस्तानका राष्ट्रपतिको प्रस्ताव

फाल्गुण १७,२०७४

-

फागुन १७,२०७४ काठमाडौं ।
 
अफगानिस्तानका राष्ट्रपति असरफ घानीले तालिवानी विद्रोहीलाई शान्ति वार्तामा आउन प्रस्ताव गरेका छन् ।
 
राष्ट्रपति घानीले १६ वर्षदेखि युद्धमा रहेको तालिवानलाई विनासर्त वार्तामा आउन आह्वान गरेका हुन् ।
 
काबुलमा भएको शान्ति सम्मेलनलाई सम्बोधन गर्दै उनले युद्धविराम र बन्दी आदानप्रदान गर्ने प्रस्ताव गरेका हुन् ।
 
त्यसका लागि तालिवानले अफगानिस्तान सरकारलाई मान्यता दिनुपर्ने र कानुनको पालना गर्नुपर्ने बताए ।
 
यसअघि शान्ति वार्ताको प्रस्ताव गरिएको भए पनि तालिवानले आक्रमण नरोक्दा सफल हुन सकेको थिएन ।
 
तालिवानले भने अफगानिस्तानको नेतृत्वले गर्ने व्यवहारमा शान्ति वार्ता भर पर्ने बताएका छन् ।एजेन्सी