बैशाख ०४,२०७४
-
वैशाख ४, काठमाडौँ -
नयाँ वर्षको सुरुवातिसँगै हिजो आइतबार देखिन् 'सन्डे सिनेमा' सुरु भएको छ ।
सफा दृश्य सहित ठूलो पर्दामा राम्रा/पुराना चलचित्रहरु 'सन्डे सिनेमा' मा देखाइन्छ ।
अनामनगरको युनियन हाउसमा हरेक आइतबार दिउँसो ४ बजे प्रस्तुत हुने 'सन्डे सिनेमा'मा राम्रा एवम पुराना फिल्महरु नि:शुल्क हेर्ने ब्यबस्ता गरिएको छ ।
‘सन्डे सिनेमा’लाई चलचित्र समीक्षक समाजले आयोजना गरेको हो ।
‘सन्डे सिनेमा’मा हिजो निर्देशक नीर शाह, लेखक ध्रुवचन्द्र गौतम र अभिनेता हरिहर शर्माका साथमा फिल्म 'बासुदेव' देखाईयो साथै उक्त फिल्म बारे छलफल पनि गरियो ।
फिल्म देखाउने श्रृंखलालाई निरन्तरता दिने क्रममा २०४१ सालमा प्रदर्शनमा आएको फिल्म ‘बासुदेव' देखाइएको हो ।
३२ वर्षअघि ‘बासुदेव'को निर्माण तथा निर्देशन गरेका नीर शाहले आफू फेरि ‘बासुदेव'को रिमेक बनाउन तयार रहेको बताएका छन् ।
फिल्म 'बासुदेव' ध्रुवचन्द्र गौतमको उपन्यास 'कट्टेल सरको चोटपटक'मा आधारित फिल्म हो ।
प्रमुख समाचार