टिम चौराहा प्ले अफमा (डीपीयल)
बैशाख ०४,२०७४
-
धनगढी, वैशाख ४ –
धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत, राउन्ड रोबिन लिगको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको रुपन्देहीलाई ६ विकेटले हराउँदै कप्तान पारसको नेत्रित्वो रहेको चौराह प्ले अफमा पुगेको छ।
धनगढी प्रिमियर लिगमा रुपन्देही च्यालेन्जर्स आज धनगढी टिम चौराहासँग ६ विकेटले पराजित भएको छ ।
टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९१ रन जोडेको थियो ।
९२ रनको सामान्य लक्ष्य पाएको धनगढी टिमले ५४ बल बाँकी छँदै ११ओभर भित्रै उक्त लक्ष्य पार गर्न सफल भएको छ ।
धनगढी टिमको जितमा पारस खड्काले ४२ रन जोडे भने अमर रौतेला र राजु रिजालले १३-१३ रनको योगदान गरे ।
पृथु बास्कोटाले अविजित १५ रन जोडे भने अनिल मण्डलले ८ तथा अरिफ शेख ४ रनमा अविजित रहे ।
यसअघि ब्याटिङ गरेको रुपन्देहीका प्रकाश केसीले अविजित ४९ रनको योगदान गरे भने अन्तिम थापले ११ रन जोडे ।
धनगढीका लागि ललित राजबंशीले ४ विकेट लिएका थिए भने सुसन भारी र सौरभ खनालले एक, एक विकेट लिए ।
अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
चौराहले रुपन्देही विरुद्धको खेल जितेर ४ अंक नै भएर चौथो स्थानमा रहेको कञ्चनपुरलाई उछिन्दै प्लेअफमा पुगेको हो ।
प्रमुख समाचार
सम्वन्धित समाचार