Trending :
 

आर्सनलको शीर्ष चार सम्भावना आझ कायमै

आर्सनलद्वारा मिडिल्सब्रो २–१ ले पराजित

बैशाख ०५,२०७४

-

वैशाख ५, २०७४

इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार भएको खेलमा मिडिल्सब्रोलाई २–१ ले पराजित गर्दै आर्सनल विजयी भएको छ ।

मिडिल्सब्रोको मैदानमा हिजो भएको खेलमा आर्सनललाई विजयी गराउन एलेक्सिस सान्चेज र मेसुट ओजिलले १–१ गोल गरेका थिए ।

मिडिल्सब्रोका लागि भने अल्भारो नेग्रेडोले सान्त्वना गोल दिलाए ।

४२ औं मिनेट एलेक्सिस सान्चेजले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थए ।

दोस्रो गोल भने मिडल्स्ब्रोका अल्भारो नेग्रेडोले ५०औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‌याए ।

तर ७१औं मिनेटमा ओजिलले गोल गरेपछि आर्सनल जीत सँगै ३ अंक जोड्न सफल भयो।

जितपछि आर्सनलको ३१ खेलबाट ५७ अंक भएको छ ।

समान अंक रहेको एभरटन भन्दा आर्सनल, गोल अन्तरका हिसाबले अगाडी रहदै छैटौं स्थानमा उक्लेको छ ।

यो जितले आर्सनलको शीर्ष चारभित्र रहेर लिग सकाउने धोको अझै पनि पूरा हुने लक्षण देखिएको छ ।

यता २४ अंकको मिडिल्सब्रो १९ औं स्थानमा छ ।