पञ्जावलाई भुवनेश्वरको बलिंग भरी
बैशाख ०५,२०७४
-
वैशाख ५ -
भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि आइपीएल क्रिकेटमा हिजो सनराइजर्स हैदरावादले किङ्स इलेभेन पञ्जावलाई दिएको १५९ रनको लक्ष्य पुरा गर्न सकेन ।
गए राति भएको खेलमा हैदरावादका भुनवेश्वरले ४ ओभरमा मात्र १९ रन खर्चेर ५ विकेट लिएका थिए ।
त्यस अघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सनराइजर्सले कप्तान डेविड वार्नरको नटआउट ७० रनको योगदानले १५९ रन बनाएको थियो ।
हैदरवादको इनिङमा नमन ओझाले ३४ रन तथा शेखर धावनले १५ रनको योगदान दिए ।
पञ्जावको इन्निंगमा मनन बोहोराको ९५ रनको योगदान थियो ।
ओपनर वोहराबाहेक अन्य कुनै खेलाडीको योगदान खासै उल्लेख्य रहेन ।
बलिङतर्फ हैदरवादका भुवनेश्वर कुमारले ५ तथा रसिद खानले २ विकेट लिए ।
यस्तै, पञ्जावका मोहित शर्मा र अक्सर पटेलले दुई/दुई विकेट हात पारे।
१६० रनको लक्ष्य पाएको पञ्जाव, जितको नजिकै पुग्दा पनि भुवनेश्वर कुमारको उत्कृष्ट ब्याटिङका कारण हार बेहोर्न पुग्यो ।
पञ्जाव, निर्धारित २० ओवर खेल्न नपाउदै १९.४ ओवरमा १५४ रन बनाउदै अलआउट हुन् पुग्यो ।
खेललाई रोमान्चकारी बनाउदै ५ विकेट लिएका भुवनेश्वरलाई उत्कृष्ट बलिंगकै कारण म्यान अफ दि म्याच पनि घोषित गरियो ।
प्रमुख समाचार
सम्वन्धित समाचार