Trending :
 

अमेरिका र उत्तर कोरियाबीच परमाणु निसस्त्रीकरण गर्ने विषयमा संवाद हुने

फाल्गुण २५,२०७४

-

फागुन २५, २०७४ काठमाडौं ।
 
परमाणु निसस्त्रीकरण गर्ने विषयमा अमेरिका र उत्तर कोरियाबीच संवाद हुने भएको छ ।
 
उत्तर कोरियाली नेता किम जोङले दक्षिण कोरियामार्फत छलफलका लागि गरेको प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकारेपछि दुई देशबीच संवादको ढोका खुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
 
दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकार चुँग इयु योङले आउदो मे महिनामा ट्रम्पले किम जोङ उनसँग भेट्ने बताए ।
 
चुँगको भनाइ अनुसार, किमले भविष्यमा परमाणु बम एवं मिसाइल टेस्ट नगर्ने आश्वासन दिएका छन् ।
 
यो घोषणा दक्षिण कोरियाली प्रतिनिधीमण्डलको यसै हप्ता उत्तर कोरियाका नेतासँग संवाद भएपछि भएको हो ।
 
एक प्रेस वार्तामा दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले भनेका छन्, हामीले राष्ट्रपति ट्रम्पलाई भनेका छौं किम जोङ उन परमाणु निसस्त्रीकरणमा प्रतिबद्ध छन् ।
 
सो जानकारीको जवाफमा राष्ट्रपति ट्रम्पले मेमा किम जोङ उनसँग भेटेर स्थायी परमाणु निसस्त्रीकरण हासिल गर्ने बताएका छन् ।
 
उत्तर र दक्षिण कोरियाबीच विन्टर ओलम्पिकपछि सम्बन्ध सुधारको सम्भावना देखिएको थियो ।