Trending :
 

समाजबाट बहिष्कार हुने डरले औंषधी खादैनन् एचआईभी संक्रमित

फाल्गुण २५,२०७४

-

फागुन २५,२०७४ बझाङ ।
 
औषधि उपचार गराउदा अरुले थाहा पाउने र समाजबाट बहिष्कार हुने डरले बझाङका एचआईभी संक्रमितहरुले एन्टी रेट्रो भाइरस (एआरभी) औषधि खान अस्वीकार गर्ने गरेका पाइएको छ । 
 
जिल्लाका आधा भन्दा बढी एचआइभी संक्रमितहरुले एचआइभी पोजेटिभको आयु लम्ब्याउन प्रयोग गर्ने औषधि (एआरभी) खान अस्वीकार गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डाक्टर अनुप रेग्मीले जानकारी दिनुभयो । 
 
जिल्लामा एचआईभी पुष्टि भएका १ सय २७  जना मध्ये ११ जनाको मृत्यु भैसकेको र जीवित संक्रमित मध्य ६७ जनाले मात्र एआरभी सेवा लिई रहेका छन् । अन्यले भने  समाजबाट अपहेलीत हुने डरले सेवा लिन नमानेको प्रमुख डाक्टर रेग्मीले बताउनुभयो । 
 
‘एचआइभी संक्रमितलाई समाजले हेर्ने नजरमा परिर्वतन हुन नसकेको उहाले बताउनुभयो । समाजमा अपेहेलित हुने डरले रोग लुकाउने प्रवृत्ति बढेको उहाकाृ भनाई छ ।
 उहाँले रोग लुकाउने प्रवृत्तिका कारण एचआईभी संक्रमण झन फैलिने खतरा रहेको पनि बताउनुभयो । 
 
एचआइभि संक्रमित भएका महिलालाई अछुत जस्तै व्यवहार गर्ने र घर परिवार बाटै अपहेलित हुनु परेका कारण सबै संक्रमितहरु खुल्न नचाहेको एचआइभी संक्रमितहरुको संस्था बझाङ प्लसकी अध्यक्ष कोपिला मल्लले बताउनुभयो । 
 
बझाङमा पुरुष भन्दा बढी महीलाहरुमा एचआईभी एड्सको संक्रमण देखिएको छ । जिल्ला अस्पताल सिमखेतको तथ्याङ्क अनुसार पुरुषभन्दा बढी महीलाहरुमा एचआईभी एड्सको संक्रमण देखिएको हो । जिल्ला भरीमा अहिलेसम्म १२७ जना संक्रमित मध्ये ६६ जना महिला, ५८ जना पुरुष र ३ जना बालकमा संक्रमण देखा परेको डाक्टर रेग्मीले बताउनुभयो ।