बैशाख ०५,२०७४
-
बैशाख ५ –
बलिउडका भेट्रान अभिनेता ऋषि कपूरले सुनिल ग्रोवर र कपिल शर्मालाई विगतका कुरा बिर्सदै मिल्नका लागि ट्वीटर मार्फत अपिल गरेका छन् ।
ट्वीटर मार्फत उनले सुनिल ग्रोवरलाई आइपीएलमा खेलिरहेका एक क्रिकेट खेलाडीसँग तुलना गर्दै यस्तो लेखे;
“सन राइजर्स हैदराबादको समूहमा कपिल शर्माजस्तो देखिने एक खेलाडी छन् । के कसैले सुनिल ग्रोवरजस्तो देख्ने खेलाडी कुनै टिममा देखेका छन् ? मिल्नुहोस् साथीहरु ।’
सुनिल ग्रोवर भने आफ्नो अहम र रिसका कारण, नमिल्ने र नफर्कने प्रतिबद्दतामा अडिग रहेका जस्तो देखिन्छन् ।
प्रति उतरमा ग्रोवरले गतिलो तरिकाले यसरी जवाफ दिए ; “सर, म यो सिजनमा खेल्ने छैन किनभने म अवकाशप्राप्त घाइते हुँ ।“
ऋषि कपुरले ट्वीट गरेको केही समयपछि नै उनका प्रशंसक दुई खेमामा बाँडिए । कोही कपिलका समर्थक, कोही भने सुनिल ग्रोवरको पक्षमा उभिए ।
@vaishnavi_k9 लेख्छिन्, “सुनिल ग्रोवरको भाउ केही धेरै नै बढेको छ सर । पहिले पनि उनी कपिलको कार्यक्रम छोडेर नयाँ कार्यक्रममा गएका थिए । फेरी फ्लप भएर फिर्ता आए ।“
कपिलका एक प्रशंसक @AnyaSharma56 ले लेखे, “सर, म सुनिलसँग अपिल गर्ने विरुद्धमा छु । उनी आफ्नो लागि सहानुभुती मात्र चाहन्छन् ।“
यस्तै, सुनिलको समर्थन गर्नेहरुको पनि कमी थिएन ।
@itsamanpreet लेख्छन्, “कपिल जी माफ गर्नुहोस् । सुनिल ग्रोवरले तपाईंजस्तो बकवास जोक गर्दैनन् ।”
यस्तै, @DiksshaK भन्छन्, “सुनिल जी कपिललाई माफ गरिदिनुहोस् र कार्यक्रममा फिर्ता हुनुहोस्, हामी तपाईंलाई मिस गरिरहेका छौं ।“
स्मरण रहोस्, सुनिल ग्रोवर र कपिल शर्माबिच एक फ्लाइटभित्र झगडा भएको थियो जसका कारण सुनिल ग्रोवरले कपिल शर्माको कमेडी शो, ‘द कपिल शर्मा शो’ मा आउन बन्द गरेका छन् ।
सुनिल ग्रोवरले ‘द कपिल शर्मा शो’ मा खेलेका डाक्टर मसुर गुलाटि र रिंकु भाभीको भूमिका दर्सक माझ निकै लोकप्रिय छ ।
प्रमुख समाचार