Trending :
 

नेपालमा कस्तो छ आइटीमा करियर

चैत्र ०१,२०७३

-

 

सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ
विश्वबजारमा सबैभन्दा बढी माग भएको जागिर भनेको सफ्टवेयर डेभलपमेन्ट र टेस्टिङ हो । । सफ्टवेयर डेभलपरहरूले कुनै पनि प्लेटफर्म प्रयोग गर्न सक्छन्, जस्तै भी.बी. नेट, भिजुअल बेसिक (भि.बी.), जाभा, पिएचपी, डेल्फी, ओराकल, बिजनेस इन्टेलिजेनस आदि ।
 

वेब डेभलपर र डिजाइनर
वेब डेभलपर भनेको कुनै पनि प्रोग्रामिङ ल्याङ्वेज गरि  वेबसाइटहरू र वेब एप्लिकेसनहरूको विकास गर्नु हो । जस्तै पिएचपी, एसएसपी नेट, एसएसपी, जेएसपी पेप्ल, रुविअन रेल्स आदि ।

इन्टरफेस डिजाइन
सन् २०१६ सम्ममा इन्टरनेट प्रयोग गर्नका लागि मोबाइलले पूर्ण रूपमा डेक्सटप र ल्यापटपलाई विस्थापित गर्ने भविष्यवाणी समेत गरिएकाले इन्टरफेस डिजाइन को स्कोप कति छ भनिरहनु नपर्ला l अब बन्ने वेबसाइटहरू मोबाइल वेबसाइट हुने हुदा  इन्टरफेस डिजाइनरको आवश्यकता बजारमा रहेको छ l

एनिमेसन र क्युएफएक्स
आजकल जुनसुकै चलचित्र होस् वा कार्टुन होस् वा बिज्ञापन आदि सबैमा आवश्यक जनशक्ति भनेकै एनिमेसन र क्युएफएक्स हो l यसले गर्दा यसको क्षेत्र फराकिलो बन्दै गइरहेको छ । त्यसैले गर्दा यसमा पनि राम्रो करियरमा रहेको छ । नेपालमा एनिमेसनको राम्रो सम्भावना छ । विश्वमा नै थ्रिडी, गेमहरूको माग बढिरहेको छ l

मोबाइल एप्लिकेसन
मोबाइल एप्लिकेसन विकास अहिलेको सबैभन्दा बढी माग गरिएको करियर क्षेत्र हो । अहिले नयाँ–नयाँ मोबाइल एप्लिकेसन डेभलपरको माग ठूलो छ । माइक्रोसफ्ट इनोभेसन सेन्टरले मोबाइल एप्लिकेसनका लागि ट्रेनिङहरू पनि सञ्चालन गरिरहेको छ । एनसेललगायतका कम्पनीले राष्ट्रियस्तरका एप क्याम्प सञ्चालन गरिरहेका छन् । करिब २ दर्जन कम्पनीले एन्ड्रोइड, आइओएस र विन्डोजका लागि मोबाइल एप्लिकेसन गरिरहेका छन् l

 

 

 

६.      गेमिङ

७.      सिस्टम एडमिनिस्ट्रेटर

८.      सिस्टम एनालाइसिस्ट

९.      प्रोजेक्ट वा योजना व्यवस्थापक

१०.  एसइओ/एसएमएम विशेषज्ञ

११.  डाटाबेस डेभलपर

१२.  क्यू ए (क्वालिटी एस्युरेन्स)

१३.  टेक्निकल लेखक

१४.  सोसल मिडिया म्यानेजमेन्ट