बैशाख ०५,२०७४
-एजेन्सी
ओहायो-
अमेरिकाको ओहायोमा स्टीभ स्टीफन्स नाम गरेका एक व्यक्तिले फेसबुकमा लाइभ भिडियो देखाएर ७४ वर्षिय एक वुद्धको हत्या गरेका छन् ।
फेसबुकमा लाइभ भिडियो देखाएर गरिएको उक्त वृद्धको हत्याको विषयले अहिले विश्वभर चर्चा पाएको छ।
यो घटना अमेरिकाको क्लिवल्याण्ड शहरको हो ।
स्टीभ स्टीफन्सले फेसबुकमा लाइभ भिडियो प्रत्यक्ष प्रसारण गर्दै ७४ वर्षीय रोबर्ट गुडविनको हत्या गरेका हुन् ।
उनले अर्को भीडियोमा अरु १३ जनालाई पनि हत्या गर्ने चेतावनी दिएका थिए ।
प्रहरीले हत्यामा संलग्न स्टीफन्सको खोजी भइरहेको जनाएको छ ।
ओहायो प्रहरी प्रशासनले हत्याराको तस्विर सामाजिक सञ्जालहरुमा सार्वजनिक गर्दे उनको अगाडि नजान सम्पूर्ण जनताहरुमा अपिल गरेको छ। हत्यारालाई देख्ने व्यक्तिले प्रहरीमा जानकारी दिनका लागि प्रहरी प्रशासनले अपिल गरेको छ ।
गत जुनमा अमेरिकाको शिकागोमा गरिएको एक हत्याको दृश्य पनि फेसबुकमा भाइरल भएको थियो ।
प्रमुख समाचार
सम्वन्धित समाचार