हात खुट्टा नभएका बालकको अनौठो कला

बैशाख ०५,२०७४

-एजेन्सी

इन्डोनेशियाको पेनावान्गन गाँउमा एक बालकको बिना हात खुट्टा नै जन्म भएको थियो ।

यि ११ बर्षिय बालकको नाम टियो सेटरियो हो ।

दुबै हात खुट्टा नभए पनि उनि पढ्न, खेल्न निकै नै चलाख छन् । 

यि बालकले मुखको सहाराले लेख्ने गर्दछन् ।

उनि साथिहरुसँगै गुरुको पनि निकै प्रसंसकिय बिध्यार्थी पनि हुन् ।

पढाईमा पनि अब्बल उनि, कक्षा २ मा हुँदाहुदै पनि कक्षा ४ को गणितको हिसाब सजिलै हल गर्न सक्छन् ।

टियो पढ्नसगैँ भिडियो गेम खेल्न निकै मन परउँछन् ।

बिना हातखुट्टा उनि कुम र चिँउडोले भिडियो गेम खेल्ने गर्दछन् । टियो गेम खेल्ने मात्रै हैन आफ्ना साथिहरुलाई पनि भिडियो गेममा हराइ दिन्छन् ।

उनका बाबुआमाका अनुसार गर्भाअवस्थामा हुँदा बिमारीका कारण बच्चामा असर पुगेको र डाक्टरले उनिहरुसँग केहि कुरा बताएनन् ।

बच्चा जन्मिएपछि मात्रै आफ्नो बच्चा बिना हातखुट्टा भएको थाहा पाए ।

अहिले उनिहरु आफ्नो छोरालाई  राम्रोसँग हेरबिचार गर्दै छन् ।

टियो अपांग हुँदाहुदै पनि सामन्य जिवन बिताउदैछन् ।