आर्थिक सल्लाहाकारको रुपमा रोबोट

बैशाख ०५,२०७४

-एजेन्सी

लन्डन

बेलायतमा रोबर्ट प्रविधि वित्तिय सल्लाकारको रुपमा प्रभावकारी प्रविधि बनेको छ ।

ग्राहकहरुको आर्थिक जिज्ञासा समाधान गर्ने तथा आर्थिक सल्लाह दिने उक्त प्रविधिलाई रोबर्ट एड्भाजर समेत भन्ने गरिन्छ।

आर्थिक क्षेत्रमा यस्तो प्रविधिको विकास बेलायतमा भएको छ ।

रोबोर्ट एड्भाइजरले कुनै पनि समुदाय माथिको भेदभाव नगरी निपष्क्ष रुपमा वित्तिय सल्लाह प्रदान गर्ने आचार्यले बताए ।

उक्त प्रविधिसँग वित्तिय सल्लाह लिनका लागि इन्टरनेटका आफ्नो नाम, उमेर, सम्पति, आर्थिक जोखिम मोल्न सक्ने क्षमता जस्ता विवरणहरु पेस गर्न आवश्यक छ ।

यस पश्चात् रोबर्टले तत्कालै लगानीको अवसरबारे जानकारी प्रदान गर्नेछ। बेलायतमा उचित क्षेत्रमा पैसाको लगानी गर्नका लागि रोबोर्ट एड्भाइजरको प्रयोग हुने गरेको हो ।

यसको विश्वसनीयता बढदो देखिएको छ ।

बेलायती अर्थ मन्त्रालयले लामो अध्ययन पश्चात् यस प्रकारको प्रविधिको प्रयोग गरेको हो। बैक अफ इंग्ल्यान्डसँगको सहकार्यमा यो प्रविधिको विस्तार गरिएको हो ।

लन्डनका अर्थ व्यवस्थापन विज्ञ विकलचन्द आचार्यका अनुसार यस्तो प्रविधिले मानवीय दिमागका साथसाथै ग्राहकसँग सुमधुर सम्बन्ध बनाउनका लागि सहयोग गरेको छ ।

रोबोर्ट एड्भाइजरले कुनै पनि समुदाय माथिको भेदभाव नगरी निपष्क्ष रुपमा वित्तिय सल्लाह प्रदान गर्ने आचार्यले बताए ।

रोबर्ट प्रविधिले मानवीय जीवनका केही पाटाहरुलाई भने विस्तार गर्न सक्दैन। तापनि वितीय योजनाको क्षेत्रमा भने रोबार्ट प्रविधिले प्रभावकारी रुपमा काम गर्न सक्ने देखिएको छ ।

खासगरी यसको उपयोग वित्तिय अवधारणमा असक्षमहरुका लागि उपयुक्त देखिएको छ ।