अन्तराष्ट्रिय प्रसङ्ग
बैशाख ०६,२०७४
-
६,२०७४वैशाख,अङ्कारा (टर्की)-
टर्कीमा १२ जना यात्रु लिएर उडेको प्रहरीको हेलिकोप्टर पूर्वी राज्य टन्सेलीमा मङ्गलबार दुर्घटनाग्रस्त भएको र घटनामा यात्रारत सवैजनाको ज्यान गएको बताइएको छ । विमानमा एक न्यायधिस सहित प्राय सवै प्रहरी अधिकारी सवार थिए ।
एक न्यायाधीश, सात प्रहरी अधिकृत, एक प्रहरी सर्जेन्ट र तीन चालक दलका सदस्य रहेको उक्त हेलिकोप्टरको स्थानीय समयअनुसार मंगलबार ११ बजेर ५० मा राडरसँग सम्पर्क विच्छेद भएको स्थानीय गभर्नरको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
विमान दुर्घटनाग्रस्त भएको इलाकामा खराब मौसमका कारण उद्धार कार्यमा कठिनाई भएको स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गरी बताएका छन् । रासस/सिन्ह्वा
प्रमुख समाचार
सम्वन्धित समाचार