Trending :
 

च्याम्पियन्स लिगमा रोनाल्डोको सय गोल

युरोपियन फुटबल पछि च्याम्पियन्स लिगमा रोनाल्डोको सय गोल

बायर्न म्युनिखलाई पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

बैशाख ०६,२०७४

-

वैशाख ६ –

च्याम्पियन लिग अन्तर्गत गय राति रियल मड्रिड र वायर्न म्युनिख विरुद्ध भएको निकै रोमाञ्चक र विवादास्पद खेलमा म्युनिखलाई समग्रमा ६-३ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दुवै लेगको खेलपछि निर्धारित समयमा ३–३ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा रियलले ४–२ को जीत निकाल्दै १० खेलाडीमा सिमित बायर्न म्युनिख विरुद्ध ६–३ को समग्र जीत निकालेको हो ।

रियलको घरेलु मैदानमा भएको उक्त खेलको ८४ औं मिनेटमा भिडालले रातो कार्ड खाएका थिए ।

यसको पूर्ण फाइदा उठाउँदै रियलले सेमिफाइनलको यात्रा तय गर्यो ।

बायर्नका रोबर्ट लेवान्डोस्कीले खेलको ५३ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।

त्यस लगतै रोनाल्डोले गोल गर्दै रियललाई बराबरीमा फर्काए तर कप्तान सर्जियोको आत्मघाती गोलले खेललाई २–१ को स्थितमा पुर्याएको थियो ।

रियलले पहिलो लेगमा समान गोलअन्तरले जितेको हुँदा खेल अतिरिक्त समयमा पुगेको थियो ।

पहिलो लेगमा रोनाल्डोको दुई गोल मद्दतमा रियलल वायर्नलाई २-१ ले हराएको थियो। त्यसमा  खेलमा २ गोल गरेपछि रोनाल्डो युरोपियन क्लब टूर्नामेन्टमा सय गोल गर्ने पहिलो खेलाडी बनेका थिए ।

हिजोको खेलमा ह्याट्रिक गर्दै रोनाल्डो, च्याम्पियन्स लिगमा सय गोल गर्ने पहिलो खेलाडी बने ।

अतिरिक्त समयमा पुगेको उक्त खेलमा, रोनाल्डोले दुई गोल गर्दै ह्याट्रिक पूरा गरे भने नतिजाले रियलले आफ्नो पक्षमा पार्‌यो ।

रोनाल्डोले १०५ र ११०औं मिनेटमा गोल गर्दा मार्को असेन्सियोले ११२ औ मिनेटमा गोल गरे जसले रियललाई उक्त जित दिलाउन सफल भयो ।