Trending :
 

विराटनगर किंग्स फाइनलमा, काठमाडौँलाई हराउदै चौराहा फाइनलका लागि रुपन्देहीसंग भिड्ने

बैशाख ०६,२०७४

-

वैशाख ६, धनगढी

धनगढी प्रिमियर लिगमा आज भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले पराजित गर्दै विराटनगर किंग्स डीपिएलको फाइनलमा प्रवेश गरेको छ भने काठमाडौँ गोल्डेन्सलाई ६ विकेटले पराजित गर्दै टिम चौराहा डीपिएलको फाइनलका लागि रुपन्देहीसंग भिड्ने भएको छ ।

राउण्ड रोविन लिगमा शीर्ष स्थानमा रहेको रुपन्देही च्यालेन्जर्सले आज विराटनगर किंग्सले दिएको १२९ रनको लक्ष्य पुरा गर्न नसक्दा हार बेहोर्न पुग्यो ।

बुधबार एसएसपी क्रिकेट मैदानमा भएको पहिलो क्वालिफयार्समा, टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाउदै १२८ रन बनाएको थियो ।

रुपन्देहीले निर्धारित ओवरमा सबै विकेट गुमाउदै ९९ रन मात्र जोड्न सक्यो ।

विराटनगरको जितमा आरिफ शेखले सर्वाधिक ३६ रन बनाए ।

रुपन्देहीलाई कम स्कोरमा रोक्न सुशिल कँडेलले सर्वाधिक ४ तथा सन्दीप लामिछानेले २ विकेट लिए।

रुपन्देहीका लागि विक्रम सोबले २३ तथा पुष्प थापाले २२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

बलिङ तर्फ भने रुपन्देहीका शक्ति गौचनले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लए ।

विराटनगरसँग हारे पनि रूपन्देहीका लागि फायनल प्रवेश गर्न अझै एक मौका छ।

अब  उसले फाइनल प्रवेशका लागि धनगढी टिम चौराहसँग खेल्नुपर्नेछ ।

 

यस्तै, टिम चौराहा र काठमाडौँ गोल्डेन्स बिरुद्धको इलेमिनेसन राउन्डमा १२४ रनको लक्ष्य पाएको चौराहाले १८.२ ओवरमा ४ विकेट गुमाउदै पुरा गर्यो ।

टस जितेर पहिले ब्याटिंग रोजेको काठमाडौँले चौराहालाई निर्धारित ओवरमा ६ विकेट गुमाउदै १२३ रनको लक्ष्य दिएको थियो ।

पारस खड्काको नेत्रित्व रहेको चौराहाको जितमा अनिल मण्डलले सर्वाधिक ४४ रन बनाए ।

पृथु बास्कोटाले र अरिफ सेखले २२-२२ गोल गरे ।

काठमाडौँका लागि भने सुमित महर्जन र रोहित कुमारले सर्वाधिक ३१/३१ गोल गरे ।

काठमाडौँ गोल्डेन्स बिरुद्धको उक्त खेल जितेको चौराहा अब विराटनगर किंग्ससंग हरेको रुपन्देहीसंग फाइनलका लागि भिड्नेछ ।

विराटनगर किंग्सले भने रुपन्देहीलाई हराउदै फाइनलमा आफ्नो सिट सुनिश्चित गरिसकेको छ ।