Trending :
 

स्पर्स लघुवित्तले साधारण सेयर निष्काशन मार्फत पुँजी बढाउने

चैत्र १३,२०७४

-

चैत्र १३, २०७४ काठमाडौं ।

स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ ।

वित्तीय संस्थाले उक्त साधारण सेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । सो क्रममा स्पर्स लघुवित्त वित्तिय संस्थाका तर्फबाट सजल खड्का र सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले आज सम्झौतापत्रमा हस्ताक्षर गरे ।

५ करोड ६० लाख रुपैयाँ चुक्तापुँजी रहेको संस्थाको सार्वजनिक निष्काशन पश्चात चुक्ता पूँजी ८ करोड रुपैयाँ पुग्ने छ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६ हजार ५ सय सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेकोे छ ।