बैशाख ०७,२०७४
-
वैशाख ७, धनगढी -
धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत टिम चौराह र रूपन्देही च्यालेन्जर्स बिच आज भएको क्वालीफाएर-२ मा टिम चौराहले रूपन्देही च्यालेन्जर्सलाई ९२ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
एसएसपी कार्यालय मैदानमा आज भएको उक्त खेलमा टस जितेर पहिले ब्याटिंग रोजेको टिम चौराह धनगडीले निर्धारित २० ओवरमा ५ विकेट गुमाउदै १७२ रन बनाएको थियो ।
१७३ रनको लक्ष्य पाएको रूपन्देही च्यालेन्जर्सले १५.२ ओवरमा अलआउट ८० रन मात्र बनाउन सक्यो ।
विजयी टिम चौराहका लागि कप्तान पारस खड्काले ४१ बलमा ६ छक्का र ४ चौक प्रहार गर्दै नटआउट ६७ रनको सर्वाधिक पारी खेले ।
यस्तै राजु रिजालले २५ तथा सौरव खनालले नटआउट २४ रन जोडे ।
चौराहका ललित राजबंसी र सौरव खनालले रूपन्देहीको सर्वाधिक ३-३ विकेट लिए ।
यस्तै अरिफ सेखले २ र सुशान भारीले १ विकेट लिए ।
रूपन्देहीका लागि राजेश पुल्मी मगर र कृष्ण कार्कीले १४/१४ रन बनाए भने पुष्प थापाले १३ रन बनाए ।
यी ३ खेलाडि बाहेक अन्य कुनै खेलाडिले दोहोरो रन बनाउन सकेनन् ।
क्वालीफायरमा रूपन्देहीलाई हराउदै टीम चौराहा शनिवार हुने फिइनलमा शरद भेषावकरको नेत्रित्व रहेको टीम विराटनगर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।
प्रमुख समाचार
सम्वन्धित समाचार