Trending :
 

'झोले'पछि दयाहाङ राई बन्ने भए 'मिस्टर झोले'

बैशाख ०७,२०७४

-

वैशाख ७ -

चर्चित अभिनेता दयाहाङ राई र वर्षा राउतले अभिनय गर्ने फिल्म ‘मिस्टर झोले’को शुभ साइत गरिएको छ ।

बिहीबार विहान नक्सालको भाटभटेनी मन्दिरमा शुभ साइत गर्दै उक्त फिल्मको छायांकन वैशाख ११ गतेबाट कास्कीमा सुरु हुने निर्माणपक्षले बताएको छ ।

यसअघि ‘झोले’ नाम गरेकै फिल्मा मुख्य भूमिकामा रहेका दयाहाङले यस फिल्म ‘मिस्टर झोले’मा मुख्य भूमिका निर्वाह गर्न लागेका हुन्, तर यो फिल्म ‘झोले’को सिक्वेल भने होइन ।

चलचित्र ‘झोले’की नायिका प्रियंका कार्की भने यस फिल्ममा नरहने भएकी छिन् ।

साथमा बुद्धी तामाङ, लक्ष्मी वर्देवा, प्रविण खतिवडा, सरोज अर्याल, पुष्कर गुरुङ, अरुणा कार्की लगायत कलाकारको पनि भूमिका रहने छ।

चलचित्रको कथावस्तु नै फरक भएको भन्दै निर्माता टेकेन खड्काले यसलाई ‘झोले’को सिक्वेलको रुपमा नहेर्न आग्रह गरेका छन् ।

यो चलचित्रको निर्देशन रामबाबु गुरुङले गर्नेछन् भने चलचित्रलाई शैलेन्द्र डी कार्कीले छायाँकन गर्नेछन् ।

चलचित्रलाई यहि बर्षको मंसिर महिनासम्म प्रदर्शनमा ल्याइने जानकारी निर्माण पक्षले दियो ।