बैशाख ०७,२०७४
-
वैशाख ७ –
धुर्मुश सुन्तली फाउन्डेशनद्वारा भर्खरै आफ्नो तेस्रो अभियान मार्फत सुरु भएको एकिकृत बस्ती निर्माण कार्य सम्पन्न भएको थियो ।
उक्त अभियान अनुसार हास्य कलाकार जोडी सीताराम कट्टेल र कुञ्जना घिमिरेले बैशाख १ गते ५० मुसहर परिवार र ३ अन्य परिवारलाई घर हस्तान्तरण गरे ।
सरकारले धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरीको बर्दिबासमा निर्माण गरेको एकीकृत नमूना वस्तीको रजिष्ट्रेशन वापत लाग्ने शुल्क छुट दिने निर्णय गरेको छ ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सीताराम कट्टेल र कुञ्जना घिमिरेको नेतृत्वमा तयार भएको नमूना मुसहर बस्तीभित्र ५० घर र बस्ती बाहिरका अन्य तीन घरको दर्ता शुल्क नलिने निर्णय गरेको हो ।
वैशाख १ गते धुर्मुश सुन्तली फाउन्डेशनद्वारा हस्तान्तरित उक्त एकीकृत नमूना वस्तीमा ५३ वटा घर, सामुदायिक भवन, बाल उद्यान, मन्दिर, भ्युटावर, प्रतीक्षालय, प्रवेशद्वार, पक्की सडक, मुसहर कुल देवताको मन्दिर लगायतका संचरना बस्तीमा निर्माण भएका छन् ।
बस्तीको जग्गा पहिले धुर्मुस सुन्तली फाउन्डेशनको नामामा दर्ता गरेर पुनः हरेक घरमूलीको नाममा लालपूर्जा बनाउनु पर्ने व्यवस्था गरिएको छ ।
दर्ता निःशुल्क गराउनका लागि फाउन्डेशनले भूमिसुधार मन्त्रालयमा प्रस्ताव गरेको थियो ।
बैठकले बीपी कोइरालाको जन्मस्थान सिन्धुलीको दुम्जामा संग्रहालय तथा पार्क र पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापमा पार्क निर्माण सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्नका लागि ५०-५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
प्रमुख समाचार