बैशाख ०७,२०७४
-
वैशाख ७ -
विश्वको दोस्रो स्थानमा रहेकी महिला टेनिस खेलाडि सेरेना विलियम्स गर्ववति भएको घटनाले अहिले सनसनी मच्चाएको छ ।
२३ औ ग्रान्ड स्लामद्वारा पुरस्कृत भएको १२ हप्ता नबित्दै सेरेना गर्वावती भएकी छन् ।
सामाजिक संजाल स्नापचाटमा राखेको तस्विर मेटाउन अघि उनले ऐना अघि उभद्दै एउटा संदेश लेखिन्; ’२० हप्ता’ ।
यदि यस्तो हो भने, सेरेना मेल्बर्नमा ग्रान्ड स्लामद्वारा पुरस्कृत हुँदा ८ हप्ताको गर्वावती थिइन् ।
धुडामा चोट लागेको भन्दै भर्खरै उनले अस्ट्रलीयन ओपन पनि खेलेकि थिइनन् ।
सेरेनाले गत डिसेम्बरमा रेडिटका सह–मालिक एलेक्सिस ओहानियनसँग इङ्गेजमेन्ट गरेकी थिइन्।
गत जनवरीमा उनले आफ्नो दिदी भेनसलाई फाइनलमा जितेर अस्ट्रेलियन ओपनको उपाधि जित्दै २३ औं ग्रान्ड स्लाम पाइन् ।
सेरेना ओपन एरामा सबैभन्दा बढि ग्रान्ड स्लाम जित्ने टेनिस खेलाडी हुन् ।
प्रमुख समाचार
सम्वन्धित समाचार