चैत्र ०४,२०७३
-
अभिमनु कुमार पटेल रौतहट २४ पुष । तहगत जिम्मेवारीको माग गर्दै रौतहट स्थित हेल्थ असिष्टेण्ट संघ नेपाल आज देखी जिल्ला अस्पताल गौरका प्रमुख बिरुद्ध आन्दोलनमा उत्रेका छन । दुईबर्ष अघि नेपाल सरकार तथा मन्त्री परिषदले गरेको निर्णयलाई प्रमुख नवलकिशोर झाले लत्याएर हेल्थ असिष्टेण्टलाई सि अ.हे.व.हे मातहतमा खटाएको बिरुद्धमा हेअ संघ आन्दोलनमा उत्रेका हुन ।
संघ नेपाल रौतहटका अध्यक्ष रामनरेस यादव को नेतृत्वमा जिल्लाभरीका ३५ जना हे.अ.हरु आईतवार बिहान १० बजेदेखी जिल्ला जनस्वाश्थ्य कार्यालय गौरको मुल गेटमा धर्ना बसेका छन । संघका अध्यक्ष यादवका अनुसार देशभरीकै हेल्थ असिष्टेण्ट अ.हे.व.को मर्यादा भन्दा माथी हुने २०७१ पुष २४मा तत्कालिन मन्त्री परिषदले निर्णय गरेको थियो ।
निर्णय अनुसार कार्वान्यनका लागी मन्त्रालय,बिभाग र क्षेत्रबाट लिखित पत्र पठाएर पटक पटक तगेदा गरेको थियो । तर दुईबर्ष बित्नलाग्दा सम्म कार्वानयन नहुँदा बाध्यभई आन्दोलनमा उत्रिनु परेको अध्यक्ष यादवले बताए । जनस्वाश्थ्य प्रमुख झा बिभिन्न राजनितिक दवाब र बिभिन्न प्रभावमा परेर निर्णय कावान्यन नगर्दा जिल्लाभरीमा झण्डै ५० जना हेल्थ असिष्टेण्ट पिडित भइरहेको सघंको गुनासो रहेको छ । शान्तिपूर्ण आन्दोलनको वास्ता नभएमा जनस्वाश्थ्यमा तालाबन्दी गरीने संघले चेतावनी समेत दिएको छ ।
प्रमुख समाचार