Trending :
 

युरोपा लिग : म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा

मार्कुस रासफोर्डले पुर्याए म्यानचेष्टर युनाइटेडलाई सेमिफाइनलमा

१०७औं मिनेटमा मार्कुसको निर्णायक गोल

बैशाख ०८,२०७४

-

वैशाख ८ -

युरोपा लिग अन्तर्गत हिजो भएको दोस्रो लेगको खेलमा अतिरिक्त समयको सदुपयोग गर्दै म्यानचेष्टर युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ।

मार्कुस रासफोर्डले १-१ गोलको बराबरी नतिजालाई जितमा बदलन १०७औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

पहिलो लेगमा १-१ को बराबरी खेलेको युनाइटेडले दोस्रो लेगमा एन्डरलेक्ट विरुद्ध २-१ को जित हात पार्दै समग्रमा ३-२ को नितजा निकालेको हो ।

ओल्ड ट्राफोर्डमा हिजो भएको खेलमा हेनरिख मिखातर्‌यानले १०औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दलाएका थिए ।

एन्डरलेक्टका लागि ३२औं मिनेटमा सोफिएन हानीले गोल गर्दै खेल १-१ को बराबरी पुर्‌याए।

निर्धारित समयमको खेल बराबरीमा सकिएसँगै समग्रमा नतिजा २-२ भएपछि खेल अतिरित समयमा पुगेको हो ।

युनाइटेडसंगै सेल्टाभिगोस, डच क्लब अयाक्स र फ्रेन्च क्लब लियोन पनि सेमिफाइनल पुगेका छन् ।

अब सेमिफाइनलको खेल  शुक्रबार हुनेछ।