Trending :
 

चौरी पालन

चौंरीपालन तर्फ युवाहरुको आकर्षकता

' चौंरीको आलो रगत पिउने मेला आयोजनाबाट वार्षिक ४ लाख आम्दानी'

बैशाख ०८,२०७४

-

८,२०७४,वैशाख,बेनी-

 यतिबेला म्याग्दीमा वैदेशिक रोजगार बाट फर्किएका युबाहरुको आकर्षण चौंरीपालन तर्फ बढेको छ ।

चौरीपालन तर्फको आकर्षण सँगै हालै मात्र यहाँका दुई किसानले ३९ लाख रुपैयाँ खर्चेर चौंरीपालन सुरु गरेका छन् । जिल्लाको अन्नपुर्ण गाउँपालिका-५ शिख स्वाँत स्थित् प्रेम पुर्जा र लोकबहादुर पाइजाले उक्त व्यवसाय चौंरीको छुर्पी र चीज उत्पादन गर्ने लक्ष्यका साथ् बिगत एक वर्षदेखि संयुक्त रूपमा चौंरीपालन सुरु गरेका हुन् ।

 

 बिगत १८ वर्ष देखि प्रेम चौरी ब्यबसाय मा लाग्नुभएको हो भने, वैदेशिक रोजगारबाट फर्केका लोकबहादुरको स्वाँत बयलीमा होटेल व्यवसायसमेत सञ्चालनमा छ।चौरीको छुर्पीको साथै आलो रगत र मासु को माग मा पनि वृद्धि भएकोले व्यवसायलाई थप बिस्तार गर्न उत्सुकता बढेको प्रेमको भनाइ छ।

 

' खोप्रालेक र बयलीमा वर्षको दुई पटक साउन र फागुन महिनामा चौंरीको आलो रगत पिउने मेला आयोजना गरेर रगत र चौंरीको मासु बिक्री गर्ने गरेको पनि उनले बताए। रगत प्रतिगिलास ६० रुपैयाँका दरले बिक्री हुन्छ। सर्वसाधारण हरु हिमाली भेगमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा, जटामसी र पाँचऔंलेजस्ता खाने र चौंरीको आलो रगत पिएमा ग्यास्ट्रिक, दुब्लोपन, छालासम्बन्धी रोग र शारीरिक स्फूर्ती बढ्ने जनविश्वासका कारण त्यहाँ पुग्ने गर्छन् ।वर्षमा दुई पटक आयोजित उक्त मेला बाट उनीहरुले चार लाख रुपयाँ आम्दानी गर्दै आएको जनाएका छन् ।

 

चौरीलाइ हिउँचितुवा र भीरपहराबाट जोगाउन सके अझै आम्दानिमा बृद्दी हुनसक्ने उनले बताए । त्यस्तै चौरीलाई उचित पोखरी, विभिन्न समयमा परजीवि नियन्त्रणसम्बन्धी शिविर सञ्चालन गरेमा यसको संख्या वर्षेनी बढ्दै जाने यहाँका किसानहरुको अनुभव छ ।