नाक, मुख नै नभएको डरलाग्दो बच्चा जन्मिएपछि मान्छेहरूको भागाभाग

बैशाख ०८,२०७४

-एजेन्सी

वैशाख ८ -

हरेका गर्भवती आमाको चहाना हुन्छ, स्वस्थ र सुन्दर बच्चा जन्मियोस भन्ने तर सबै आमाका ती इच्चा पूरा हुँदैनन् ।

अफ्रिकी देश क्यामरुन की एक महिलाको हकमा पनि यही कुरा लागु भएको छ । उनले यस्तो बच्चा जन्माइन की जसलाई देखेर मान्छेहरु धेरै डराए ।

ती महिलाले जन्माएको उक्त बच्चाको शरीरमा आधा अंगनै थिएन ।

बच्चाका दुवै आँखा जोडिएका थिए । आँखा आफ्नो स्थानमा थिएनन् । निधारको बीच भागमा थिए र स्वभाविक भन्दा ठूला देखिन्थे।बच्चाको आँखा देख्दा डरलाग्ने किसिमको थियो । बच्चाको टाउको सामान्य भन्दा निकै ठूलो थियो ।

बच्चाको एउटा मात्रै कान थियो भने बच्चाको नाक र मुख नै थिएन । यस्तो डरलाग्दो बच्चा जन्मिएको खबर सुनेर मानिसहरु टाढा-टाढाबाट समेत हेर्न आएका थिए ।

तर सबैजसो व्यक्ति बालकको नजिक पर्न डराए । जम्मा भएका मान्छेहरुले हालसम्म त्यस्तो बच्चा कही कतै नदेखेको भन्दै बच्चालाई राक्षसको संज्ञा दिइरहेका थिए ।

अस्पतालका नर्सले पनि अस्पतालमा हालसम्म यस्तो बच्चा नजन्मिएको बताए ।

बच्चाको मुख र नाकका अलवा मलद्वार पनि नभएको नर्सले जानकारी गराए । जन्मिएको केही मिनेटमा नै बच्चाको मृत्यु भएको थियो ।

बच्चाको नाक नभएको र स्वास लिन नपाएका कारण मृत्यु भएको चिकित्सकहरु बताए।