Trending :
 

ऊर्जामन्त्रीका रुपमा राजेश हमाल

फिल्म ‘उज्यालो नेपाल’ युटुबमा सार्वजनिक

बैशाख ०८,२०७४

-

वैशाख ८ -

नेपाल टेलिभिजनमा प्रसारण भइसकेको चलचित्र ‘उज्यालो नेपाल’लाई गज्ज़बको नेपालले युटुबमा पनि सार्वजनिक गरेको छ ।

हिजो बुधबार नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको कथावस्तुलाई लिएर निर्माण भएको चलचित्र ‘उज्यालो नेपाल’ युटुबमा सार्वजनिक भएको हो ।

लोडसेडिङ अन्त्यका लागि भएका प्रयास र उपलब्धीलाई समेटेर उक्त चलचित्र निर्माण भएको निर्माण पक्षले जनाएको छ।

ऊर्जामन्त्री भएपछि नेता जर्नादन शर्माले लिएका अठोट र विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त गरिएपछि उनले देखाएको परिर्वतनलाई चलचित्रमा देखाइएको छ ।

एकजना मन्त्री र एक कार्यकारी निर्देशकको इच्छा शक्तिका कारण उर्जा क्षेत्रमा आएको आमूल परिर्वतन, आम नागरिकमा आएको सन्तुष्टि र समग्र मुलुककै आर्थिक समाजिक विकासमा आएको सकारात्मक प्रभावलाई चलचित्रमा देखाइएको छ।

अभिनेता राजेश हमालले फिल्ममा मन्त्रीको भूमिका निभाएका छन् भने पाइलट विजय लामा प्राधिकरण कार्यकारी निर्देशकको रुपमा देखिएका छन्।

शुभ मिडिया होम प्रालिले निर्माण गरेको यस चलचित्रमा अभिमन्यु निरवीको कथा छ।

सरोज ओलीको निर्देशन रहेको चलचित्रमा राजेश हमाल, विजय लामासँगै गौरी मल्ल, अर्जुन श्रेष्ठ, नम्रता सापकोटा, निर्मल शर्मा, केशव भट्टराई, रवि शर्मा, विनोद राई, विष्णु बुढाथोकीलगायतका कलाकारको अभिनय छ ।