Trending :
 

सम्पत्ति शुद्धिकरणका सम्बन्धमा नयाँ निर्देशिका

चैत्र २९,२०७४

-

सूचक संस्थाले आफ्नो कारोबार र व्यवसाय सञ्चालन गर्दा कानूनको पालना र उच्च नैतिक मापदण्डहरुको पालना र अनुसरण गर्नु पर्ने,
सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र त्यस सम्बन्धी कसूरको अनुसन्धान तथा तहकिकातमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नु पर्ने,
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप विरुद्धका काम कारवाहीलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिमको व्यवस्था गर्नु पर्ने,
सूचक संस्थाले जोखिमको आधारमा आफूसँग कारोबार गरिरहेका तथा गर्ने ग्राहकको पहिचान सम्बन्धी सूचना तथा विवरण राख्ने व्यवस्था लागू गर्नु पर्ने,
सूचक संस्थाले आफ्नो व्यवसायको सिलसिलामा बेनामी वा काल्पनिक नाममा कुनै पनि खाता खोल्न वा कारोबार गर्न, गराउन नहुने,
वेनामी वा काल्पनिक खाता खोलिएको वा कारोबार भएको रहेछ भने त्यस्तो खातावा कारोबार तत्काल बन्द गरी आवश्यक छानबिन गर्नुपर्ने,
सूचक संस्थाले ग्राहकको सही रुपमा पहिचान तथा सोको सम्पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात,  तथ्याङ्क वा जानकारीका आधारमा गर्नु पर्ने र सो गर्नको लागि आवश्यक मनासिव उपायहरु अपनाउनु पर्ने,
ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा कागजातहरु रुजु गर्ने जिम्मेवारी सहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातहरुको आधिकारिकता निजबाट रुजु गराई राख्नु पर्ने ;
ग्राहकको पहिचानतथाजाँचगर्दा जोखिममाआधारित भएर गर्नु पर्ने,
एक दिनमा पटक पटकवा एकै पल्ट दशलाख रुपैंया भन्दा वढिको कारोवारको जानकारी वित्तीयजानकारी इकाईमादिनु पर्ने,
शंकास्पद कारोवार सम्वन्धीप्रतिवेदनवित्तीयजानकारी इकाईमाअनिवार्य दिनु पर्ने,
सूचक संस्थाले ग्राहकसँगव्यावसायिक सम्बन्ध स्थापनागर्दा वा कारोबार गर्दा बृहतग्राहकपहिचान सम्बन्धीउपयुक्तउपायहरु अपनाउनु पर्नेइत्यादिव्यवस्थाहरु उक्तनिर्देशिकामा समाविष्ट छन् । 
 

हाम्रो टिम

संचालक / सम्पादक: पारस कुमार पोखरेल
ठेगाना : खुमलटार, ललितपुर -२३
सम्पर्क न : ९८५१००७०७१

कार्यकारी सम्पादक : बिधान के.सी.

प्रमुख व्यवस्थापक : रचना लम्साल

कार्यक्रम निर्देशक : विष्णुमाया पौडेल

प्रमुख बजार व्यवस्थापक : नारायण ज्ञवाली

चिफ न्युज डेक्स: उमा पौडेल के.सी.

सम्बाददाता :रमिला पोखरेल

विज्ञापनका लागि

सम्पर्क न : ९८५१००७०७१

सम्पर्क

आस्था मिडिया एण्ड डिजिटल प्रा. लि.
काठमाडौँ, नेपाल
इमेल: myasthanews@gmail.com
सुचना बिभाग दर्ता नं : 251/2073-74

Copyright © Astha News