Trending :
 

आर्थिक प्रसङ्ग

शेयर बजारमा गिरावट

बैशाख ०८,२०७४

-

८ ,२०७४ वैशाख,काठमाडौँ- शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ । बुधबार को तुलनामा ३.६८ अंकले गिरावट भएको हो। अघिल्लो दिन ५० अंकको वृद्धि सहित १ हजार ६ सय ६२.०२ मा बन्द भएको नेप्से विहीवार १ हजार ६ सय ५८.३४ विन्दुमा झरेको छ ।

 

 

 

परिसूचक घटेता पनि कारोबार रकममा भने करिब साढे २९ प्रतिशतले वृद्धि भएको छ ।यसका साथै करिब साढे ८ हजार कारोबारबाट १ सय ४३ कम्पनीका १८ लाख १७ हजार २ सय ४५ कित्ता शेयर किनबेच भए । ती किनबेचबाट १ अर्ब ३८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा ३१ करोड ७८ लाख रुपैयाँले बडी हो । यस संगै सेयर बजार पुँजीकरण बजारको १९ खर्ब १२ अर्ब रुपैयाँ कायम भएको छ ।

 

कारोबारमा आएकामध्ये ५० कम्पनीको सेयर मुल्यमा वृद्धि भयो , ७६ कम्पनीको मुल्यमा ह्रास आयो र १७ कम्पनीमा स्थिरता रहयो । बिहीबार ‘अन्य समूहको परिसूचक ०.५२ प्रतिशतले, बीमाको ०.३९ प्रतिशतले र होटलको ०.३५ प्रतिशत सकारात्मक रहे । तर, विकास बैक समूहको परिसूचक ०.४२, वित्त कम्पनीको ०.९६, बैकिङ समूहको ०.४१, उत्पादन तथा प्रशोधनको ०.२५ र जलविद्युतको ०.१२ प्रतिशत ऋणात्मक रहे ।