Trending :
 

नयाँ वर्षको पहिलो कारोबार सकारात्मक

बैशाख ०२,२०७५

-

बैशाख ०२, २०७५ काठमाडौँ ।
 
नयाँ वर्षको पहिलो कारोबार दिन आइतबार शेयर बजार करिब ३ अंकले बढेको छ । परिसूचक २.६० अंकले बढेर १२८०.१५ अंकमा उक्लिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.३५ अंकले बढेर २७२.९८  अंकमा उक्लिएको छ।
 
 
आइतबार १५९ कम्पनीका ६ लाख ४५ हजार कित्ता शेयर २९ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।  
 
उपसूचक मिस्रित देखिएका छन् । बैंक २.२५, जलाबिद्युत ८.३३, फाइनान्स २.५४ र उत्पादनमुलक ३.६७ अंकले घटेका छन् । होटल २२.४१, विकास बैंक १.३६, बीमा ८३.८४, अन्य ५.२९ र लघुवित्त ११.७४ अंकले बढेका छन्।