Trending :
 

अन्तराष्ट्रिय गतिविधि

प्योङयाङद्वारा अमेरिकामा मिसाइल आक्रमण गरेको भिडियो सार्बजनिक

बैशाख ०८,२०७४

-

८,२०७४,वैशाख ,

 प्योङयाङ, एजेन्सी

अमेरिकामाथि आक्रमण गरेको एउटा भिडियो उत्तर कोरियाले सार्वजनिक गरेको छ। उत्तर कोरियाका संस्थापक नेता किम जोङ सङको १०५औँ जन्मदिनको अवसर पारेर  प्योङयाङले अमेरिकामा मिसाइल आक्रमण गरेको भिडियो सार्बजनिक गरेको हो ।

 

 उक्त भिडियोमा उत्तर कोरियाली नेता किम जोङ उनको निर्देशनमा अन्तरमहाद्विपीय ब्यालिस्टिक मिसाइलमार्फत अमेरिकी सहरमा परमाणु खसाइएको देखाइएको छ ।

त्यसैगरी बमले अमेरिकी शहरलाई  ध्वस्त पारेको र राष्ट्रिय झन्डा आगोमा  बलिरहेको पनि  देखिन्छ।। आगो दन्केपछि युवा नेता उन र सेनाका अधिकारीहरूले ताली बजाएर मुस्कान छरेको र  आक्रमण गरेको दृश्यलाई उनले ताली बजाएर स्वागत गरेका छन् भने  प्योङयाङको सेनाले सैन्य ब्यान्ड बजाएको देख्न सकिन्छ ।

 

 सन् २०१६ मा पनि प्योङयाङले। लास्ट चान्स नाम दिइएको भिडियो सार्बजनिक गरेको थियो, जसमा  अमेरिकी सहर ध्वस्त पारेको देखाइएको थियो । अमेरिका र उत्तर कोरिया बीच बद्द्दो तनाब को बीच उक्त भिडियो सार्बजनिक भएको हो ।

 यसका साथै उत्तर कोरियाले पुनः आणविक क्षेप्यास्त्र परीक्षण गरेमा अमेरिकाले पनि आक्रमण गर्ने चेतावनी दिएको छ । अमेरिकाले आक्रमण गरे त्यसको गतिलो जवाफ वासिङ्टनलाई दिने धम्की उत्तर कोरियाले दिएको छ ।

 सो भिडियोबारे वासिङ्टनको टिप्पणी आइसकेको छैन ।