Trending :
 

स्वास्थ जीवन कसरी जिउने , जानौ उपाय

चैत्र ०४,२०७३

-

आधुनिक जीवन शैली र बढ्दै गएको जिन्दगीको रफ्तार र भागदौड़का कारण स्वास्थको बिषय धेरै पछि छुट्न पुगेको छ l यसको फलस्वरुप आजकल युवावस्थामानै ब्लड प्रेशर, डायबिटीज, ह्रदय रोग, कोलेस्ट्रोल, मोटापन, थायरॉइड जस्ता रोगहरु देखिन थालेको छ l यस्ता रोगहरु प्राय  बृद्धावस्थामा देखिने गर्दथ्यो l यसको सबैभन्दा ठुलो कारण हो खानपान , रहन सहन , र गलत वानी व्यवहार नै हुन् l हामी हाम्रो स्वास्थको त्यति धेरै ख्याल राख्ने , परिवारको स्वस्थाबारे चासो राख्ने र स्वास्थ जीवनको नियममा बसेको हुदैनौ l जसले गर्दा आफ्नो, परिवारको र राज्य प्रतिपनि धोका दिईरहेका छौ l ‘स्वास्थ नै धन हो’  भन्ने कुरा केवल नारा मा मात्र सिमित राख्दा यसबाट हुने क्षतिको नजरअन्दाज गरिरहेका हुन्छौ l यस्तो अमुल्य स्वास्थको बारेमा जागरुकता ल्याउन र स्वयम् स्वास्थ रहन स्वास्थ सम्बन्धित यो सामग्री आस्था न्युज हेल्थ डेस्कले तयार परेको छ l  

सन्तुलित भोजन : बढी तेल वा  चिल्लो , पिरो र मसलायुक्त खानपीन जस्तै : पुरी , हलुवा, चिल्लो तरकारी का साथै जंक फुड , कफी , चिया , कोल्ड ड्रिंक, धेरै मात्रामा प्रयोग गर्नु हुदैन l यस्ता बस्तुहरु बारम्बार प्रयोग गर्नाले ब्लड प्रेशर ,कोलेस्ट्रोल,मधुमेह, मोटोपन  एवं हार्ट डिजीज हुने सम्भवना बढाउदछ l साथै पेटमा हावा भरिने , अल्सर , पेट फुल्ने , पेट दुख्ने , ऐसीडिटी जस्ता समस्याको बाढीनै लाग्ने गर्दछ l यस्ता चिजले कलेजो , किड्नी, लगायतको महत्त्वपूर्ण अंग र पाचनक्रियामा असन्तुलन ल्याईदिन्छ l यसको सट्टामा हरियो सागसब्जी, मौसम अनुसारको फल , दुध , दहि, अंकुरित गेडागुडी, केहि मात्रामा घ्यु , सलाद खाने बानि गराउनु पर्दछ l साथै ताजा, सफा , र भिटामिन , खनिज , रेशयुक्त , प्रोटिन (सन्तुलित भोजन ) भएको खान ठिक मात्रा र सहि समयमा खानु पर्दछ l  

चीनी तथा नुन धेरै मात्रामा खानु स्वास्थको लागि राम्रो हुदैन l यसले डायबिटीज,ब्लड प्रेशर,ह्रदय रोगहरु बढाउन सक्दछ l

बदाम,किसमिस, ओखर , मेवा आदि स्वास्थको लागि असाध्यै लाभदायक हुने हुदा यसलाई अवस्य प्रयोग गर्नु होला l  

प्रसस्त मात्रामा पानी खाने : स्वास्थ शरीरको लागो करिब २.५लि. देखि ४ लि. पानी दैनिक आवस्यकता पर्ने हुदा दैनिक प्रसस्त पानी पिउने बनि गर्नु पर्दछ l यसको साथै पानीयुक्त फल , जुस ,दुध  दहीम मोही , नरिवल र कागती पानी खादा पानीको मात्रा सन्तुलित हुने र स्वास्थ रहन मद्धत गर्दछ l यसले शरीर सुख्हा हुने, छाला चाउरिने, छाला सुक्खा हुने र पेटको धेरै रोग र समस्याको समाधान गर्न मद्दत गर्दछ l  

नियमित ब्यायाम गर्ने: बिहान सबेरै सुर्योदय भन्दा पहिले उठ्ने बानि राम्रो हो l बिहानको हावा स्वस्थ हुने हुदा यस समयमा दैनिक ब्यायाम गर्ने, योग गर्ने, दौडने, हिड्ने, नाच्ने आदि गर्नाले दिनभर शरीर ठिक राख्न सकिन्छ l साथै दैनिक ब्यायाम भनेको हाम्रो शरीरको ब्याट्री चार्ज गर्नु जस्ती भएकोले यो गरु एकदमै जरुरि छ l यसले शरीरमा भएको बिकार तत्व बाहिर निकाल्न, पाचनक्रिया राम्रो बनाउन , रक्तसंचार नियमित गर्न , एव शारीरिक मानसिक रोग बाट बच्न मद्दत गर्दछ l शरीरलाई चुस्त , स्फुर्त , र स्वस्थ राख्न दैनिक ब्यायाम गर्न जरुरि छ l

 

गहिरो निन्द्रामा सुत्ने : शरीर , मन र दिमागको स्वास्थको लागि निन्द्रा अपरिहार्य छ l निन्द्रा नलाग्नाले विभिन्न शारीरिक र मानसिक रोग लाग्ने गर्दछ l दैनिक कम्तिमा पनि ६ देखि ७ घण्टा निदाउन जरुरी छ l सुत्दा सफा म शान्त , र एकान्तमा बत्ति निभाएर सुत्नु पर्दछ l राति सुत्नु भन्दा पहिले पानी पिउदा राम्रो हुन्छ साथै रातको समयमा धेरै खाना खाने बनि हटाउनाले राम्रो निन्द्रामा सहायक भूमिका खेल्दछ l

 

टेंशन नलिनुहोस  : हाम्रो दैनिक क्रियाकलाप र जिन्दगीमा आईपर्ने समस्याले तपाइलाई सताउन सक्दछ l यस्ता समस्याको समाधान हुने हुदा सानोतिनो समस्यालाई पाहाड बनाई सोच्ने र मनोबल गिराउने काम बन्द गर्नुहोस l भनिन्छ चिताले मानिसलाई एक चोटी जलाऊछ तर चिन्ताले बारम्बार जलाऊछ , त्यसैले एकबारको जुन्दगिमा बारम्बार मर्ने काम नगर्नुहोस l आफ्नो समस्या आफ्नो साथी-भाई, इष्टमित्र, र परिवार वा विश्वासयोग्य व्यक्तिलाई सुनाउनुहोस l यसले तपाइको समस्या समाधानको उपाय र सहायता मिल्दछ l जीवनमा विश्वास, प्रेम र सदभाव जगाउनुहोस l चिन्ताले अरुरोग निम्त्याउने बाहेक अरु कुनै समस्या समाधान नगर्ने भएकोले चिन्तालाई हटाउने उपाय रोज्नुहोस l तर , खबरदार , नशाले चिन्ता हट्दैन त्यसैले यसलाई साथी नबनाउनुहोस l  

 

नशाबाट टाढा रहनुहोस् : आजकल जुनसुकै अवस्था चाहे खुशीहुदा होस् वा दुखीहुदा नशा पिउने , रक्सी लिने आदि सामाजिक व्यवहारनै बनिसकेको छ l तर यसले तपाइको स्वास्थ, धन, सम्पति र इज्जत मा नकारात्मक प्रभाव पारिरहेको हुन्छ l धुम्रपान , मद्यपान, र सुर्तीजन्य बस्तुको प्रयोगलाई बर्जित गर्नुहोस l यसले तपाई र तपाइको सन्ततिको स्वास्थलाई समेत असर पुरयाउछ l यसको साटो गीत गाउने, नाच्ने, घुम्न जाने, आदि गर्नुहोस l धुम्रपान र नशापानले शारीरिक , मानशिक, र सामाजिक स्वास्थ बिगार्ने हुदा यसबाट आफुपनि बच्नुहोस र अरुलाईपनि बचाउनुहोस l

तपाइको स्वास्थ हाम्रो पनि सरोकार भएकोले स्वस्थ पाठक र स्वास्थ जीवनका लागि हाम्रो प्रयास जारी छ l कृपया प्रतिक्रिया पठाउन नभुल्नुहोस l