Trending :
 

सेञ्चुरी बैंकको नाफा शतप्रतिशतले बृद्धि

बैशाख ११,२०७५

-

बैशाख ११,२०७४ काठमाडौं ।
सेञ्चुरी कमर्सियल बैंकले चैत्र मसान्त सम्ममा ६३ करोड खुद मुनाफा गरेको छ ।
 
यो मुनाफा गत त्रैमासको तुलनामा एक हजार पैतिस रुपैयाँले बृद्धि गरेको हो । बैंकले गत वर्षको सोही अवधिको तुलनामा दोब्बर बढी खुदनाफा कमाएको छ ।
 
बैंकले चैत्र मसान्तसम्ममा ५२.७३ अर्व निक्षेप संकलन गरी ५० अर्वभन्दा बढी कर्जा प्रवाह गरेको छ ।
 
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले विगत सात महिनादेखि का.मु.प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यभार समाल्दै आउनुभएको छ ।
 
यस अवधीमा बंैकले ९ वटा थप शाखाहरु समेत सञ्चालनमा ल्याएको छ । हाल बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टर साथै १० वटा शाखारहित बंैकिङ्ग गरी जम्मा १ सय ११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।