एसियन भलिबल प्रतियोगितामा नेपाल तुर्कमेनिस्तानसँग पराजित
-
वैशाख १२, २०७५ काठमाडौं ।
नेपाल बंगलादेशमा जारी चौथो एसियन भलिबल कन्फिडिरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको छ । मिरपुरस्थित ढाका कवर्डहलमा बुधबार भएको सेमिफाइनलमा नेपाल तुर्कमेनिस्तानसँग ३ – ० को सोझो सेटमा पराजित भएको हो । नेपाल तुर्कमेनिस्तानसँग १४ – २५,१८ – २५ र १९ – २५ को सेटमा पराजित भएको हो ।
अब नेपालले कास्य पदकका लागि काजकिस्तानसँग खेल्नेछ । यस्तै च्याम्पियनसिपको फाइनलमा तुर्कमेनिस्तानले बंगलादेशसँग खेल्ने छ । सेन्ट्रल जोनमा नेपालको यो लगातार चौथो सहभागिता हो । नेपालले दुई बर्षअघि माल्दिभ्समा सम्पन्न तेस्रो संस्करणको च्याम्पियनसिपमा कास्य पदक जित्दै ऐतिहासिक सफलता पाएको थियो ।
पछिल्लो चार दशकबाट निरन्तर अन्तर्राष्ट्रिय भलिबलमा सहभागिता जनाउँदै आएको नेपाली पुरुष भलिबल टोलीले जितेको त्यो नै पहिलो पदक थियो ।