भूकम्प पिडित सहयोग
बैशाख १०,२०७४
-
१०,२०७४,वैशाख-
जग्गा जमिन नभएका भूकम्प पीडितले अनुदान स्वरूप नगद रु दुई लाख रुपयाँ पाउने भएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक वन क्षेत्र र सरकारी जग्गामा बसेका पीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरूप दुई लाख रुपैयाँ दिने प्रस्ताव गरेको हो ।‘प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा बसेको कार्यकारी समितिको बैठकले घर बनाउनलाई जग्गा खरिदका लागि दुई लाख रुपैयाँ उपलब्ध गराउने गरी कार्यविधि संशोधनको प्रस्ताव गरेको हो ।
‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बस्दै आएका पीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरूप दुई लाख रुपैयाँ दिने प्रस्ताव गरेको हो ।
यसका साथै नेपालभर अन्यत्र जग्गा नभएको अवस्थामा घडेरी खरिद गर्न तोकिएको प्रक्रिया पूरा गरी अनुदानस्वरूप दुई लाख रुपैयाँ उपलब्ध गराइने भएको छ ।
त्यस्तो लाभग्राहीले हाल उपभोग गरिरहेको स्थान प्रयोग गर्न भने पाउने छैनन्। निजी आवास निर्माणको लागि यस्ता लाभग्राहीले थप तीन लाख अनुदान पनि प्राप्त गर्ने जनाइएको छ। लाभग्राही सुचीमा ‘कार्यकारी समिति बैठकद्वारा भूकम्प कम प्रभावित १७ जिल्लामध्ये पछिल्लो चरणमा १६ जिल्लाका थप ३० हजार ३ सय ७० घरधुरीलाई समावेश गर्ने निर्णय गरेको छ ।
प्रमुख समाचार