Trending :
 

चौराहाले जित्यो धनगढी प्रिमियर लिगको उपाधि

पारसको टिम चौराहाले जित्यो धनगढी प्रिमियर लिगको उपाधि

चौराहासँग विराटनगर किंगस ६२ रनले पराजित

बैशाख १०,२०७४

-

वैशाख १० -

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत धनगढी टिम चौराहले हिजो भएको अन्तिम खेलमा विराटनगर किंगसलाई ६२ रनले पराजित गर्दै उपाधि जितेको छ ।

एस एस पि क्रिकेट मैदानमा भएको खेलमा पारस खड्काको नेत्रित्व रहेको टिम चौराहले टस जितेर पहिले ब्याटिंग गर्दा निर्धारित ओवरमा ५ विकेट गुमाउदै १५९ रन बनायो ।

उता सरद भेस्वाकरको टिम विराटनगरले १८.१ ओवरमा सबै विकेट गुमाउदै केवल ९७ रन बनाउन सफल भए ।

धनगढीले पछिल्लो १० ओभरमा १ सय १८ रन जोड्यो ।

पृथु बाँस्कोटा १४ र कप्तान पारस २९ रन बनाई आउट भएपछि पछिल्ला ओभरमा धनगढीको ब्याट अझै खुल्यो । पारसले ३४ बल खेल्दा ३ चौका र १ छक्का प्रहार गरे । आरिफ शेख र अमरसिंह राउटेलाले त्यसपछि ४ ओभरमै ६३ रन जोड्न भ्याए ।

आरिफले २८ बलमा ५० रन पूरा गरी प्रतियोगिताकै छिटो अर्धशतक बनाए । १९ औं ओभरमा आउट भएका आरिफले ३० बल खेल्दा ४ चौका र ४ छक्का प्रहार गरी ५४ रन बनाए । अमरसिंह ३१ र सौरभ खनाल १४ रनमा अविजित रहे । अमरले १५ बल खेलेर ३ चौका र २ छक्का तथा सौरभले ५ बल खेलेर १ छक्का र १ चौका प्रहार गरे ।

विराटनगरबाट ओपनर अमित श्रेष्ठले २७ बल खेल्दै २६ रन बनाए । उनका जोडी आसिफ ३ रनमै आउट भए । तर दीपेन्द्र १३ र शरद २ रनमा आउट भएपछि १२ ओभरमै खेल विराटनगरको हातबाट निस्किएको थियो । दुवैलाई आउट गरेका सुसनले ४ ओभरमा १ मेडन राख्दै १८ रन खर्चेर ३ विकेट लिए । आरिफ र सौरभले २–२ तथा रामनरेश गिरी र ललित राजवंशीले १–१ विकेट लिए । विराटनगरबाट प्रनित थापाले २९ बलमा २२ रन बनाए । उनले ३ चौका र आफ्नो टोलीका एकमात्र छक्का प्रहार गरेका थिए । अर्का दोहोरो स्कोर बनाउनेमा अमित शाह (१३) थिए ।

लिग खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेका कारण पाँचौ स्थानमा रहेको धनगढीले चमत्कारी ढंगले शीर्ष स्थानमा रहेको रुपन्देही च्यालेन्जर्सलाई जित्दै प्ले अफ भित्र छिरेको थियो । त्यस पछि निरन्तर जित हात पर्दै अपराजित रहदा धनगढी विजेता समेत बन्न पुग्यो ।

धनगढीका कप्तान पारस खड्काले भने,

खेलाडीको प्रतिबद्धता पनि निकै राम्रो थियो । सबैभन्दा महत्त्वपूर्ण निर्णायक क्षणहरूमा उनीहरूले राम्रो प्रदर्शन गरे । ब्याटिङपछि फिल्डिङ पनि हाम्रो चुस्त थियो ।’

हिजोको खेलबाट ‘म्यान अफ द म्याच’ अरिफ सेख भए भने ‘म्यान अफ द सेरिज’ सौरव कंडेलले जिते ।

उपाधिसँगै धनगढीले १५ लाख नगद पुरस्कार जित्यो ।

नेपाली क्रिकेटको सबैभन्दा ठूलो धनराशिको प्रतियोगितामा विराटनगरले उपविजेता भएर ७ लाख हात पार्‍यो ।