बैशाख १७,२०७५
-
१७ बैशाख, २०७४
ला लिगामा यो सिजन अपराजित रहेको बार्सिलोना चार खेल अगाबै लिग बिजेता बनेको छ ।
यो सिजन ३४ खेल खेलेको बार्सिलोनाले २६ मा जित र ८ खेलमा बराबरीको नतिजा निकालेको छ ।
हिजो भएको खेलमा डिपोर्टिभो ला कोरुनालाई ४ - २ ले हराउदै बार्सिलोना ला लिगा च्याम्पियन बनेको हो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले हिजो ह्याट्रिक गरे । उनले ३८ औ , ८२ औ र ८५ औ मिनेटमा गोल गरे । उनले गरेका तीन वोटै गोलमा सुअरेज़को अस्सिट रहेको थियो ।
बार्सिलोनालाई उपाधि जित्न यो सिजन ८६ अंकनै पर्याप्त बन्यो । अंक तालिकाको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडले ३५ खेलबाट ७५ अंक जोडेको छ । रियाल म्याड्रिड भने ७१ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
ला लिगामा यो सिजन अहिले सम्म सबै भन्दा बढी गोल बार्सिलोनाले गरेको छ भने सबै भन्दा कम गोल खाने टिम भने एट्लेटिको म्याड्रिड रहेको छ ।
खेलाडी तर्फ सर्वाधिक गोलकर्तामा मेस्सीको नाम अग्र स्थानमा छ । उनले ३२ गोल गरेका छन् । रोनाल्डोको नाममा भने २४ गोल रहेको छ । सबै भन्दा बढी अस्सिट पनि मेस्सीले नै गरेका छन् । उनले १२ अस्सिट गरेका छन् ।
यो सिजनको उपाधि सँगै बार्सिलोना बिगत दस वर्षमा सात पटक इस्पेनिस च्याम्पियन बनेको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार