Trending :
 

आर्थिक गतिविधि

अझै कम शुल्क मा नेपाल टेलिकमको डाटा प्याक

बैशाख १०,२०७४

-

१०,२०७४,वैशाख,काठमाडौँ –

 नेपाल टेलिकमले इन्टरनेट डाटा शुल्क घटाएको छ Iएनसेलले इन्टरनेट डाटा शुल्क घटाएको केही दिन पश्चात टेलिकमले पनि सस्तो अफर को नाममा शुल्क घटाउने निर्णय गरेको हो I

टेलिकमले ६ जुन २०१७ देखि लागु गरी ११ मे २०१७ सम्मका लागि राति १० बजेदेखि बिहान ६बजे सम्मको नाइट टाइम प्याकमार्फत रु ३०० मा ६६५६ एमबी, रु २०० मा ३०७२ एमबी, रु ९० मा १२०० एमबी र रु ४५मा ५०० एमबी इन्टरनेट डाटा उपलब्ध गराउने भएको छ I

 त्यसैगरी अल टाइम प्याकमा ११ मे २०१७ देखि ३० दिनका लागि रु १०० मा ४०० एमबी, रु २०० मा ८५० एमबी र रु ३०० मा १५०० एमबी डाटा दिने भएको छ । ६ जुन २०१७ देखि सात दिनका लागि डे नाइट डाटा प्याक मार्फत टेलिकमले रु १०० मा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म १०० एमबी र राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी डाटा उपलब्ध गराउने भएको छ ।

यसका साथै  फेसबुक मात्र चलाउन चाहनेहरूका लागि भनि टेलिकमले ६ जुन २०१७ देखि ५ दिने फेसबुक डाटा प्याक रु २२.६० मा १०० एमबी डाटा दिने भएको छ  भने राती १० बजेदेखि ६ बजेसम्म रु २० मा २५० मिनेट नाइट भ्वाइस प्याक सेवा उपलब्ध गराउने भएको छ । यो सुविधा ११ मे २०१७ देखि ७ दिनका लागि हुनेछ । 
*१४१५# डायल गरी यी सम्पूर्ण सेवाको बारेमा जानकारी लिन सकिन्छI