बैशाख १८,२०७५
-
१८ बैशाख, २०७५
२१२ रनको बिशाल लक्ष्य पछ्याएको दिल्ली डेयरडेभिल्सले निर्धारित २० ओवरमा १९८ रन बनायो र खेल १३ रनले चेन्नई सुपरकिंग्सलाई सुम्पिन पुग्यो ।
७४ रनमा ४ ब्याट्समेन गुमाएको दिल्ली डेयरडेभिल्सलाई रिशव पन्त र विजय शंकरले समालेका थिए । ४५ बल सामना गरेका पन्तले ४ छक्का र ७ चौकाको सहयोगले ७९ रन बनाउदा शंकरले अर्धसतक प्रहर गरे । शंकरले १९ औ ओवरमा डी. जे ब्राभोलाई प्रहर गरेको तीन छक्का खेल जिताउन भने पर्याप्त भएन । दिल्लीका लागि कोलिन मुन्न्रोले २६ रन जोड्दा श्रेयस अईयर भने १३ रनमा रन ओउट भएका थिए ।
चेन्नईका लागि असिफले २ तथा रबिन्द्र जदेजा र लुंगी निधिले १/१ विकेट लिए ।
तेस्तै टस हारेर पहिले ब्याटिंगको निम्तो पाएको चेन्नईले ४ विकेटको क्ष्यतिमा २११ रन बनाएको थियो । चेन्नईका लागि सेन वाटसनले सर्बाधिक ७८ रन बनाउदा कप्तान महेन्द्र सिंह धोनीले २२ बलमा ५१ रन प्रहार गरे । वाटसनले ७ छक्का हान्दा धोनीले ५ छक्का हिर्काए ।
दिल्लीका बलर लियम प्लन्केट हिजो निकै महंग सावित भए। ३ ओवर बलिंग गरेका प्लन्केटको इकोनोमी १७ भन बढी रह्यो । दिल्लीका लागि अमित मिश्रा, ग्लेन म्यक्सवेल र विजय शंकरले १/१ विकेट लिए ।
आठ मध्ये २ ओटा मात्र खेल हारेको चेन्नई अंक तालिकाको शिर्ष स्थानमा छ भने ८ मा २ ओटा मात्र खेल जितेको दिल्ली भने तालिकाको पुछरमा रहेको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार