Trending :
 

इन्धनमा फेरी मूल्यबृद्धि

पेट्रोलको मूल्य आजबाट १०८ रुपैया प्रतिलिटर ।

बैशाख २०,२०७५

-

२० बैशाख, २०७५

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको छ । निगमले हिजो राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यबृद्धि गरेको हो ।

निगमले पेट्रोलमा २ रुपैयाँ , र मट्टितेलमा ३–३ रुपैयाँ मूल्य बृद्धि गरेको छ ।
 
यसअघि पेट्रोलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर थियो भने डिजेल र मट्टितेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर थियो । निगमले गरेको मूल्यबृद्धिसँगै पेट्रोलका मूल्य प्रतिलिटर १०८ र डिजेल–मट्टितेलको मूल्य प्रतिलिटर ९० रुपैयाँ पुगेको छ ।