Trending :
 

अन्तर्राष्ट्रिय प्रसंग

फ्रान्समा राष्ट्रपतिको मतदान सुरु

बैशाख १०,२०७४

-

१०,२०७४,वैशाख,पेरिस – फ्रान्समा राष्ट्रपति चयनको पहिलो चरणको मतदान कार्य सुरुभएको छ I

दोस्रो चरणको प्रतिस्पर्धामा,११ जना उम्मेदवारहरुमध्ये बढी मत ल्याउने २ जना बीच हुने छ I कसैको पनि बहुमत आउने नदेखिएकाले दोस्रो चरणको मतदान मे ७ तारिखमा हुने निर्णय गरिएको छ I त्यसैगरी  स्थानीय समय अनुसार विहान ८ बजे देखि बेलुका ८ बजे सम्म मतदानका लागि समय निर्धारण गरिएको छ भने झण्डै ४ करोड ७० लाख नागरिकले मतदान गर्ने अनुमान गरिएको छ ।

निर्बाचनको लागि सुरक्षा ब्यबस्थामा खास ध्यान दिएको अधिकारीहरुको भनाइ छ । मतदाताहरुको सुरक्षाका लागि करिब ५० हजार प्रहरी र ७ हजार सैनिक परिचालन गरिएको जनाइएको छ ।