Trending :
 

आज विश्व पुस्तक दिवस

विश्व साहित्यका लागि आज विशेष दिन

बैशाख १०,२०७४

-

वैशाख १० -

विश्व साहित्यका लागि २३ अप्रिल निकै महत्वपुर्ण दिन हो ।

२३ अप्रिल अर्थात आजको दिनलाई विश्व पुस्तक दिवसको रुपमा मनाईन्छ ।

पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तरक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर आज विश्व पुस्तक दिवस मनाइँने गरिन्छ ।

आजै विश्व प्रतिलिपि अधिकार दिवस पनि मनाईन्छ ।

युनेस्कोले अध्ययन, प्रकाशन र बौद्धिक अधिकारलाई प्रवर्द्धन गर्न सन् १९९५ देखि हरेक वर्ष आजको दिन (२३ अप्रिल) मा विश्व पुस्तक एवं बौद्धिक अधिकार दिवस मनाउँदै आएको छ ।

विश्व पुस्तक दिवसको इतिहास

विश्व पुस्तक दिवसका बारे थुप्रै इतिहासहरु छन् ।

मीगुएल डी सरवेंटस नाम गरेका एक प्रसिद्ध लेखकको मृत्युमा श्रदान्जली स्वोरुप स्पेनमा किताब बेच्ने मान्छेहरु बाट १९२३ मा पहिलो पल्ट 23 अप्रिलको दिन विश्व पुस्तक दिवस र किताब विच सम्बन्ध स्थापना गरियो ।

आधिकारिक रुपमा भने संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले २३ अप्रिल सन् १९९५ देखि सो दिवस मनाउन थालेको हो ।

ग्रेगोरियन क्यालेन्डर अनुसार विलियम शेक्सपियर, व्लादिमीर नबोकोव, मैमुएल सेजिया वैलेजो लगायत अन्य लेखकहरुको जन्म वा मृत्युको दिन पनि आजकै दिन भएको हो ।

यसर्थ बेलायतका कवि, नाट्यकार तथा अभिनेता शेक्सपियरको जन्म र स्मृति दिवसका रुपमा पनि आज दिन मनाईन्छ ।

नेपालमा भने पाँच वर्षदेखि गैह्रसरकारी क्षेत्रबाट यो दिवस मनाउन थालिएको हो ।

विशेषत, यस दिवशले किताबको महत्व बताउदै मान्छेहरुलाई किताब किन्न र पढ्न प्रेरित गर्छ ।