Trending :
 

एकल अंकको वृद्धि सेयर बजारमा

बैशाख २०,२०७५

-

बैशाख २०, २०७५ काठमाडौँ ।
बिहीबार नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ५.७७ अंकले बढेर १३६६.१५ अंकमा उक्लिएको छ।
 
उपसूचक मिस्रित देखिएका छन्। नौ समूहको कारोबारमा दुई समूह घटेका छन् भने सात समूह बढेका छन्। होटल ८.६७ र अन्य २.९६ अंकले घटेका छन्। बैंक ३.५५, विकास बैंक ३.४९, जलबिद्युत १७.१ फाइनान्स ३.८६, बीमा ७५.६२, उत्पादनमूलक १०.६ र लघुबित्त १६.५५ अंकले बढेका छन्।
 
 
बिहीबार १६९ कम्पनीका १४ लाख ६५ हजार कित्ता शेयर ७६ करोड ८३ लाख रुपैयाँमा खरिद बिक्री भयो। बिहीबारको बजारमा सबैभन्दा धेरै नेपाल बैंकको ५ करोड ७७ लाखको सेयर किनबेच भयो । नेपाल बैंकको एफपिओको चर्चा बढेपछि कारोबार समेत बढ्न थालेको छ । राष्ट्रिय बीमा संस्थानको संस्थापक सेयर पनि चार करोड ३० लाख बराबरको कारोबार भयो ।